कोरोना संक्रमण बढेका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएपनि आन्तरिक हवाई उडान भने नियमित रुपमा नै सञ्चालन हुने वायुसेवा सञ्चालक संघले जनाएको छ।
मन्त्रिपरिषद्को वैशाख १३ गतेको निर्णयानुसार सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान यथावत रुपमा सञ्चालन भइरहने संघले जनाएको छ। सदस्य वायुसेवा कम्पनीहरूले सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवं नेपाल नागरिक उड्डयन प्राधिकरणवाट अनुमोदित कोभिड सम्बन्धी मानक सञ्चलान प्रक्रिया को पूर्णरुपमा पालना गर्नेगरी सेवा उपलब्ध गराउने संघले जनाएको छ।
कोरोना महामारीको विषम परिस्थितिमा हवाई यात्रा सुरक्षित नै हुने भन्दै सुरक्षा मापदण्डको पूर्ण पालना गर्नेगरी हवाई यात्रा गर्न संघका प्रवक्ता योगराज कँडेल शर्माले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। निषेधाज्ञाका बेला निजी तथा सार्वजनिक यातायात (स्थल)का साधन सञ्चालनमा भने रोक लगाइएको छ।