दाङमा आज बिहान देखि लकडा’उन भएको छ । को’रोना सं’क्रमणको उच्च जो’खिममा रहेको दाङमा कोरोना नियन्त्रणका लागि आज बिहान ६ बजेदेखि लागु हुनेगरी बैशाख २५ गते बेलुकी ६ बजेसम्मका लागि ल’कडाउन गरिएको हो ।
मंगलवार घोराहीमा सम्पन्न सर्वदलीय बैठकले आजदेखि लागु हुनेगरी ल’कडाउन गर्ने निर्णय गरेको थियो । ल’कडाउन शुरु भएसँगै सार्वजनिक तथा नीजि यातायातका साधन चलेका छैनन् भने बजार सुनसान भएको छ । दैनिक उपभोग्य सामग्रीको खरिदको लागि खाद्यान्न पसल भने बिहान ६ बजेदेखि ८ बजेसम्म खोल्न दिइने भएको छ ।
रुपन्देहीमा निषेधाज्ञा अबज्ञा गर्ने तीनजना जे’ल चलान : जिल्लामा निषेधाज्ञा अवज्ञा गर्ने तीन जनालाई जे’ल चलान गरिएको छ । कै’द तथा ज’रिवाना बापतको जनही नौ हजार एक सय रुपैयाँ तिर्न नसकेपछि तीन जनालाई भैरहवास्थित जिल्ला कारागार कार्यालय रुपन्देही चलान गरिएको हो ।
रुपन्देहीमा बिहीबारदेखि जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई प्र’हरीले नियन्त्रणमा लिएर का’रबाही गरेको छ । उनीहरुलाई आवश्यक का’रबाहीका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाइएको छ ।
पक्राउ परेमध्येका पाँच जनाले जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तोकेको जनही एकमहिना कैद र सो बराबरको जरिवाना जनही नौ हजार एक सय र १ जना महिलालाई जरिवाना बापत ६ सय जरिवाना लिएर छोडिएको प्र’हरीले जनाएको छ । अन्य तीन जनाले भने कैद र जरिवानाको रकम बुझाउन नसकेपछि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।