मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि पार्टीको कारवाहीमा परेका जनता समाजवादी पार्टी (जसपा) का ४ जना मन्त्रीहरु काठमाडौं आइपुगेका छन् । पार्टीको कारवाही पछि सांसद पद समेत गुमाएका चारै जना नेता काठमाडौं आइपुगेका हुन् । उनीहरु बबरमहलस्थित सम्पर्क कार्यालयमा पुगेका छन ।
अध्यक्ष महन्थ ठाकुर र अर्का नेता राजेन्द्र महतोसँग लुम्बिनी प्रदेशका मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे छलफलमा व्यस्त छन् । सांसदबाट पदमुक्त गरिएको विषयमा भावी रणनीति तय गर्नेबारे छलफल गरिरहेका हुन् । जसपा अध्यक्ष उपेन्द्र यादव पक्षधरले ४ सांसदलाई पदमुक्त गरेको हो ।
खानेपानी मन्त्री मणि थापालाई को’रोना सं’क्रमण : खानेपानी तथा सरसफाइमन्त्री मणि थापालाई को’भिड–१९ को सं’क्रमण भएको छ। पीसीआर परीक्षण गराउँदा शुक्रबार बिहान मन्त्री थापालाई सं’क्रमण पुष्टि भएको उनका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए।
छोरी उष्णता श्रेष्ठ थापालाई चार दिनअघि को’रोना सं’क्रमण भएपछि मन्त्री थापाको बिहीबार स्वाब सङ्कलन गरिएको थियो। मन्त्री र सचिवालयमा काम गर्ने १० जनाको पीसीआर परीक्षण गर्दा अरुलाई भने सं’क्रमण नदेखिएको स्वकीय सचिव गौतमले बताए।
गौतमका अनुसार, सं’क्रमण देखिएपछि मन्त्री थापा अहिले ललितपुर पुल्चोकस्थित मन्त्री निवासमै आराम गरिरहेका छन्।थापालाई सामान्य रुघाखोकी लागेको छ। को’रोना सं’क्रमण हुने थापा मन्त्रिपरिषद्का दोस्रो सदस्य हुन्। यसअघि ऊर्जा मन्त्री टोपबहादुर रायमाझीलाई सं’क्रमण भएको थियो। (रासस)