महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनी छोटो समयमानै मालामाल भएका छन् । कारोबारमा आएको २८औं दिन सम्म कम्पनीको शेयर मूल्य सर्किट लेबलमा वृद्धि हुदैं जाँदा शेयरधनीहरु मालामाल भएका हुन् ।
शेयरमूल्य बढ्ने क्रममा कम्पनीको शेयर मूल्य बिहीबार ३ हजार १२५ पुगेको छ, जुन शेयर शेयरधनीहरुले रु. १०० मा पाएको थिए । साथै, दोस्रो बजारमा बिभिन्न मूल्यमा यसको शेयर किन्ने लगानीकर्ता पनि हालसम्म फाइदामा नै रहेका छन् । कम्पनीको शेयर कारोबार आएको पहिलो दिन रू.४४६ मा खुला भएको र सोही मूल्यमा तिन दिनसम्म कारोबार भएको थियो ।
त्यसपछिका कारोबार चौथौ कारोबार दिनदेखि कम्पनीको शेयर मूल्य २८ औं दिसम्म आइपुग्दा सम्म लगानीता सर्किट लेबलमा वृद्धि हुदै आएको हो । सोही कारण महंगोमा पनि कम्पनीको शेयर खरीदगर्नेहको सख्या धेरै भएकाले शेयर मूल्य बढेको हो ।
बैंशाख १६ गते पनि कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएर रू. ३ हजार १२५ पुगेको हो । उक्तदिन कम्पनीको १ हजार ८५० कित्ता शेयर खरीद विक्री भएको छ । बिहिवार कम्पनीको हालसम्मै धेरै कित्ता शेयर खरीद विक्रीभएको छ । आइपीओमा परेको १० कित्ता शेयर रू. १ हजारको लगानी एक महिना नपुग्दै रू. ३१ हजार पुगेको छ ।
यसोत दोस्रो बजारमा शेयर खरीद गरिरहेका लगानीकर्ताले पनि र्आकषक प्रतिफल पाएका छन् । कम्पनीको शेयर पहिलो कारोबार दिन प्रतिकित्ता रू. ४४६ मा कारोबार भएको थियो । कम्पनीले पहिलो कारोबारका लागि रू. ३१३ दशमलव १६ देखि ९३९ दशमलव ४८ ओपन रेञ्ज पाएको थियो ।
लघुवित्तले माघ २८ गते देखि फागुन २ गते सम्म ४ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । ५ हजार कित्ता कर्मचारीको लागि,२० हजार कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको ३ लाख ७५ हजार कित्ता आइपीओ सर्वसाधारणको लागि निष्कासन गरेको थियो । कम्पनीको आइपीओ ३७ हजार ५०० जनाले गोलाप्रथाद्धारा १० कित्ता पाएका थिए ।