र्मन कप फुटबलअन्तर्गत आरबी लाइपजिगले फाइनलमा स्थान बनाएको छ । सेमिफाइलन खेलमा वेर्डेर ब्रेमेनलाईविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै लाइपजिगले फाइनलमा स्थान बनाएको हो । शुक्रबार राति भएको खेलमा लाइपजिगले बे्रमेनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
लाइपजिगलाई जित दिलाउन हि–चान ह्वाङ र इमिल फोर्सवर्गले एक–एक गोल गरे । बे्रमेनका लागि लियोनार्दाे बिटनकोर्टले एक गोल गरे । निर्धारित समय गोलरहित बराबरी सकिएको खेलमा लाइपजिगले इन्ज्यूरी समाय अग्रता बनाएको थियो । उसका लागि हि चानले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
उनले खेलको ९३ औं मिनेटमा गोल गरे । इन्ज्यूरी समायमा नै ब्रेमेनका लागि लियोनार्दाेले टिमका लागि बराबरी गोल फर्काए । त्यसपछि इन्ज्यूरी समयमा नै इमिलले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए । लाइपजिगले अब उपाधिका लागि बोरुसिया डर्टमण्ड र होल्सटेइनबीचको विजेतासँग खेल्नेछ ।