को’रोना भाइ’रसको दोस्रो लहर सुरु भएसँगै दार्चुलामा ८ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ। सं’क्रमित तथा शं’कास्पद बि’रामीलाई आइसो’लेसन वार्डसम्म पु¥याउन तथा ग’म्भीर बि’रामीलाई बाहिर रेफर गर्न जिल्लामा ८ एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।
स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्ला अ’स्पताल दार्चुला, गोकुलेश्वर अ’स्पताल, महाकाली नगरपालिका ,दुहुँ गाउँपालिका ,व्यासँ गाउँपालिका ,मार्मा गाउँपालिका ,नौगाड गाउँपालिका तथा लेकम गाउँपालिकाको गरी तत्कालका लागि ८ वटा एम्बुलेन्सहरु तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।
जिल्लाको शैल्यशिखर नगरपालिका मालिकार्जुन गाउँपालिका तथा अपि हिमाल गाउँपालिकासंग अहिले एम्बुलेन्स नरहेको बताइएको छ। को’रोना सङ्क्र’मित वा आ’शंका गरिएका बिरा’मी बोक्न आवश्यक उपकरणसहित एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय दार्चुलाको भनाई रहेको छ।
बि’रामी भएको खबर पाउने बित्तिकै तत्कालै उद्धार गरेर अ’स्पताल लग्नका लागि एम्बुलेन्सहरु तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए। हामीले सबै एम्बुलेन्सका चालकलाई आवश्यक सुरक्षा सामग्रीसमेत प्रदान गरिएको छ,उनले भने।
भारत तथा अन्य मुलुकबाट काम गरेर आएकाहरुका लागि यहाँका स्थानीय तहले हाल क्वारेन्टाइनमा बसाल्ने गरेका छैनन्। जसले गर्दा सं’क्रमण जो’खिम बढ्दै गएको छ। यसका साथै स्थानीय तहहरुले आइसो’लेसन निर्माण लगायत अन्य तयारी पनि खासै नगरेको स्थानीयबासीको आ’रोप छ। दार्चुलामा दोस्रो लहरको को’रोना सं’क्रमणपछि शुक्रबार सम्म २७ जनामा सं’क्रमण पुष्टि भएको छ।