नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध भई कारोबारहरु सञ्चालन गर्न थालेको छ। यसका लागि कनेक्ट आईपीएस आरटीजीएस प्रणालीमा निफ्रालाई एनएचसीएलले आबद्ध गराएको हो।
नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली विस्तार गर्ने क्रममा ३५ बैंक वित्तीय संस्थाहरुले प्रयोग गर्दै आएको सो प्रणालीमा अब निफ्रा पनि पनि जोडिएको हो। यससँगै २ लाखभन्दा माथिका भुक्तानीहरु तत्काल गर्न सकिने हुँदा यसले निफ्राको फन्ड म्यानेजमेन्ट थप सहज हुने अपेक्षा गरिएको छ।
एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न कनेक्ट आरटीजीएस प्रणाली प्रदान गरेको हो। जुन नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणालीसँग र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ प्रणालीसँग इन्टिगे्रट गरिएको छ।
सिइडिबी हाइड्रोपावरको आईपिओमा पहिलो दिनै २ गुणा बढी आवेदन : काठमाडौं- सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपिओमा पहिलो दिन नै २ गुणा बढीको आवेदन परेको छ ।
शुक्रबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपिओमा ३ लाख ९० हजार १० जना आवेदकबाट ६५ लाख १३ हजार ९ सय २१ कित्ताको लागि आवेदन परेको हो । जुन माग भन्दा २.७८ गुणा बढी हो । कम्पनीले सर्वसाधारणको लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ निष्काशन गरेको छ ।
जस मध्ये ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ताको सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले वैशाख २१ गतेसम्म आवेदन दिन सक्ने छन् ।
शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले कसुवा खोला हाइड्रो, युनिभर्सल पावर कम्पनी , मोरङ्ग इनर्जी लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रकसन, गण्डकी इनर्जी लिमिटेड, राधि विद्युत कम्पनी, दोर्दी खोला जलविद्युत कम्पनी, र खारे इन्भेष्टमेन्ट लिमिटेडमा शेयर लगानी गरेको छ ।