हाल नेपालमा दोस्रो चरणको को’रोना सं’क्रमण बढ्दो क्रममा रहेको छ । दिनानुदिन को’रोना सं’क्रमणको संख्या समेत बढ्दो रहेको बेलामा बारामा रहेको एक मात्र पिसिआर मेसिन भने अहिले सम्म सञ्चालन हुँन सकेको छैन । प्रदेश २ सरकारले जनशक्ति उपलब्ध नगराएकै कारण पिसिआर मेसिन सञ्चालन हुँन नसकेको हो ।
बारामा रहेको १६ वटा स्थानीय तहको आर्थिक लगानीमा करिब ६ महिना अघि खरिद गरिएको पीसीआर मेसिन थन्किएको अवस्थामा छ । करिब ८५ लाखमा खरित गरिएको पिसिआर मेसिन , जेनेरेटर र कम्प्युटर सहिँत रू १ करोड खर्चमा जिल्लाको अधिकांस स्थानीय तहको आर्थिक सहयोगमा एक पटकमा ९६ जनाको को’रोना परिक्षण गर्न सक्ने क्षमताको उक्त मेसिन खरिद गरेको थियो ।
हाल कलैया अ’स्पतालमा पिसिआर मेसिन सञ्चालनको लागि तयारी अवस्थामा रहेको र जनशक्ति आउँने बित्तिकै सञ्चालन गर्ने तयारीको रुपमा राखिएको माइक्रोबायोलजी प्रबिधिक सुशिल कुमारले बताए । यता बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पिसिआर मेसिन सञ्चालनको लागि प्रदेश सरकारसँग जनशक्ति माँग गरेको बताए ।
उनले प्रदेश सरकारले जनशक्ति उपलब्ध गरायो भने चाँडै नैं सञ्चालन हुँने बताए । जिल्ला जनस्वास्थ्य कार्यालय बाराका अनुसार जिल्लामा शुन्य रहेको सं’क्रमितको संख्या चैत ६ गते यता १ सय ५० भन्दा बढी रहेका छन् । सं’क्र’मित अधिकांस भारतबाट आएको पाईएको छ ।
बारामा थप १ जानको को’रोनाका कारण मृ’त्यृ भईसकेको छ, भने जिल्ला भर दोस्रो चरणमा को’रोनाका कारण मृ’त्यृ हुँनेको सख्या ३ पुगेको छ । शुन्य सं’क्रमित भएको जिल्लामा अहिले बढेर १ सय ५० बढी पुगि सकेको भएता पनि तयारी अवस्थामा रहेको पिसिआर मेसिन संञ्चालन नहुँदा नारायणी उपक्षेत्रीय अ’स्पताल बिरगजमा गएर परिक्षण गर्नु पर्ने बाध्यता रहेको छ ।
नेपालमा दोस्रो चरणको को’रोना सं’क्रमण बढ्दो क्रममा छ । सं’क्रमण फैलन नदिन हरेक दिन स्वास्थ्य मन्त्रालयले अपिल गर्दै छ । तर, प्रदेश २ को बारामा प्रदेश सरकारको सक्रियता नहुँदा सञ्चालनका निम्ती तयार रहेको पिसिआर मेसिन सञ्चालन हुँन सकेको छैन