दाङको बेलझुन्डीमा रहेको को’रोना विशेष अ’स्पतालमा बेड थपिएको छ । अस्पतालमा यसअघि पाँचवटा आईसीयू र एचडीयू गरी ३५ बेड थिए । बि’रामीको चापलाई मध्यनजर गर्दै आजदेखि आईसीयू बेड १०, एचडीयू ५० र साधारण बेड ४० वटा गरी अ’स्पतालमा बेड संख्या १०० पुर्याइएको छ । तर, अक्सिजन पर्याप्त नहुँदा ५५ वटा बेड मात्रै सञ्चालनमा ल्याइएको जनाइएको छ ।
यसअघि, ३५ बेड मात्रै हुँदा बि’रामीलाई अ’स्पतालको बरान्डामै राखेर उपचार गरिएको थियो । नेपाल संस्कृत विश्वविद्यालय उपकुलपति कार्यालयका सहप्रशासक तथा अ’स्पताल व्यवस्थापन सदस्यसचिव विनयकुमार पोखरेलका अनुसार लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय दाङ, पालिकाका जनप्रतिनिधि, नागरिक समाजको विशेष आग्रहमा विश्वविद्यालयले माथिल्लो फ्लोरसमेत अ’स्पताललाई उपयोग गर्न दिएको हो ।
को’रोना सं’क्रमण घटेपछि विश्वविद्यालयले तल्लो फ्लोर मात्रै अ’स्पताललाई उपयोग गर्न दिएको थियो । माथिल्लो फ्लोरमा विश्वविद्यालयले विद्यार्थीहरुलाई अध्यापन गराउँदै आएको थियो । हाल उक्त कोरोना विशेष अ’स्पतालमा ४८ जना उपचाररत छन् । अ’स्पताल व्यवस्थापन पक्षले दिएको जानकारीअनुसार थप जनशक्ति थप्ने तयारी गरिएको छ ।
यसैगरी, तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर–८, अश्वारामा ५० बेडको अक्सिजनसहितको आइसोलेसन केन्द्र निर्माण गरिएको छ । नगरप्रमुख घनश्याम पाण्डेका अनुसार आइतबारबाटै आइसोलेसन सञ्चालनमा ल्याइनेछ ।
बबई गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको हापुरे प्राथमिक अ’स्पतालमा अक्सिजनसहितको ३० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको जनशक्ति परिचालन गरी सोमबारबाट अस्पतालको सेवा सुरु गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।
दगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीका अनुसार श्रीगाउँ स्वास्थ्य केन्द्रमा १० बेडको आइसोलेसन केन्द्र निर्माण गरिएको छ । आइसोलेसनमा दुईजना को’रोना सं’क्रमित उपचाररत छन् । अध्यक्ष चौधरीका अनुसार बेड थप गर्ने तयारी गरिए पनि अक्सिजनको अभावका कारण सम’स्या देखिएको छ ।