जिल्ला प्र’हरी कार्यालय सुनसरीले शनिबार अ’टेर गरी सडकमा गुडाइएका २७० सवारी साधन नियन्त्रणमा लिई का’रवाही गरेको छ । निषे’धाज्ञाको समयमा लगाइएको जोर बिजोर प्रणाली नमानी गुडाइएका सवारी नियन्त्रणमा लिई का’रवाही गरिएको सुनसरीका प्र’हरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।
पहिलो दिन धेरैजसोलाई सम्झाइबुझाई छाडिएको उनले जानकारी दिए । निय’न्त्रणमा लिइएका सवारी साधनमा मोटरसाइकल २०७, तीन पाङग्रे ५८ र चार पाङग्रे पाँच वटा निय’न्त्रणमा लिइएको छ । सुनसरी प्रशासनले शनिबार इनरुवा–३ स्थित महेन्द्रचोक क्षेत्र सि’ल गरेको छ ।
तीन दिनको अवधिमा को’रोना स’ङ्क्रमणबाट एकै परिवारका दुईको मृ’त्यु र सात जना स’ङ्क्रमित भएपछि तत्काललाई सो क्षेत्र सि’ल गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । अर्को सूचना जारी नभएसम्मका लागि महेन्द्रचोक क्षेत्र सि’ल गरिएको उनले जानकारी दिए ।
स’ङ्क्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै सिल गरिएको प्रजिअ ढकालले बताए । चोक क्षेत्र सिल गराउन नगर प्रमुख राजन मेहता स्वयं सो स्थान पुगेका थिए । जो’खिम बढेकाले सिल गर्ने निर्णयमा पुग्नुपरेको भन्दै विषम परिस्थितिमा घरमै बसी को’रोना निय’न्त्रणमा सघाउ पुर्याउन नगरवासीलाई उनले आग्रह गरे ।