रु रु जलविद्युत परियोजना लिमिटेडको साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ । आइतबार कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
धितोपत्र सूचीकरण विनियमावली अनुसार कम्पनीको शेयर सोमबार देखि कारोबारमा आउनेछ । कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसा देखि ३५६ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेज्न निर्धारण गरेको छ । त्यसको आधारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।
सामुदायिक लघुवित्तको खुद नाफा १७ प्रतिशतले घट्योे : सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकोे चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा १७ प्रतिशतले घटेर १ करोड ७१ लाख रुपैयाँ सिमित भएको छ । कम्पनिले सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत वर्षको सोहि अवधिमा संस्थाले २ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । त्यसैगरी सो अवधिसम्म संस्थाले १ करोड ८९ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा यस्तो नाफा ४० प्रतिशतले कम हो ।
गत वर्षको सोहि अवधिमा संस्थाले ३ करोड १६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । हाल संस्थाको चुक्तापूँजी १३ करोड २० लाख रहेको छ भने जगेडा कोषमा ६ करोड ६५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ३८ पैसा रहेको छ ।