केही समय अगाडि बलिउड नायक आमिर खान को’रोना सं’क्रमित भएका थिए । तर, को’रोनाबाट मुक्त भएपछि उनी काममा फर्किएका छन् । आमिर अभिनित चलचित्र ‘लाल सिंह चड्ढा’को छायांकन लद्दाखमा सुरु भएको छ । चलचित्रको छायांकनका लागि आमिर लद्दाख पुगेका हुन् । यो चलचित्रको छायांकन सुरु भएको लामो समय भैसक्यो ।
तर, को’रोनाका कारण चलचित्रको छायांकन सक्न यसको निर्माणपक्षलाई मुश्किल परिरहेको छ । लद्दाखमा आमिरले चलचित्रको छायांकन ४५ दिनसम्म गर्नेछन् । चलचित्रमा आमिरसँग नायक विजय सेतुपतिले काम गर्ने चर्चा थियो । तर, विजयले चलचित्रमा काम नगरेपछि नाग चैतन्यले सो भूमिका निर्वाहा गर्नेछन् । चलचित्रमा नायिका करिना कपुरको पनि मुख्य भूमिका छ ।
यो चलचित्रमा कारगिल यु’द्धको दृश्य सुरुवातमा विदेशी भूमिमा हुने फाइनल गरिएको थियो । तर, को’रोनाका कारण चलचित्रको छायांकन लद्दाखमा सुरु गरिएको हो । लद्दाखमा कारगिलको सेट बनाएर चलचित्रको छायांकन गर्न लागिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्र हलिउड चलचित्र ‘फारेस्ट गम्प’को रिमेक हो ।