सोमबार वैशाख २० गते मध्यरातिदेखि आन्तरिक उडान बन्द गर्ने हुने भएको छ। मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले सोमबार मध्यरातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो। यस्तै, अन्य केहि देशको बाह्य उडान समेत बन्द गर्ने निर्णय गरेको छ।
भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय भएको छ । उपत्यकाको सिडियोहरुको बैठकले सोमबारदेखि बेलुका पसल खोल्न नदिने निर्णय गरेको छ। यसअघि विहान र बेलुका दुई समय खाध्यान्न लगायताका पसलहरु खोल्न दिने गरेकोमा भोलिदेखि भने विहान मात्रै पसल खोल्न पाइने व्यवस्था गरेको हो।
इतिहासमै सबैभन्दा सस्तो हवाइ भाडा, कुन एयरको कति ? : भद्रपुरबाट काठमाडौं आउने हवाइ भाडा इतिहासमै सबैभन्दा सस्तो भएको छ । अनिमेष ट्राभल्सका अनुसार शनिबार भद्रपुर–काठमाडौँ उडानको भाडादर इतिहासकै सबैभन्दा सस्तो भएको हो ।
प्रतियात्रु न्यूनतम् भाडा बुद्ध एयरले रु एक हजार ५००, यति एयरले रु एक हजार ३९५, सौर्य एयरले रु एक हजार ४०० र श्री एयरले रु एक हजार ४०० तोकेको छ । कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण उच्च विन्दुमा पुगिरहेको बेला भद्रपुरबाट राजधानी आउने यात्रु घटेका कारण भाडादर अहिलेसम्मकै कम भएको हो । सामान्यतया भद्रपुर–काठमाडौँको भाडादर न्यूनतम् रु तीन हजार रहने गरेको छ ।
तर, काठमाडौँबाट भद्रपुर जदाको हवाई भाडादर भने बढेर रु चार हजारदेखि रु नौ हजार २५० सम्म पुगेको छ । कोरोनाको महामारी र निषेधाज्ञाको अवस्थाका कारण यात्रु घटेको जनाउँदै एयरलाइन्सहरूले हवाई उडानसमेत कटौती गर्न थालेका छन् । शुक्रबारदेखि भद्रपुर–काठमाडौँ रुटमा बुद्ध एयरले दैनिक पाँच उडानमध्ये दुई उडान कटौती गरिसकेको छ । यति एयरले तीन उडानमध्ये एउटा कटौती गरेको छ । श्री एयरका दुई र सौर्य एयरको दैनिक एक उडान कायमै छ ।