नेपाल पत्रकार महासंघ काभ्रे शाखाले अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा जिल्लामा क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । बनेपा हेल्थ केयर र काभ्रे रेडियो टेलिभिजन प्रशारक मञ्चको सहयोगमा महासंघको भवनमा मास्क, स्यानिटाइजर, फेस सिल्ड, ग्लोब्सलगायत सामाग्री वितरण गरेको हो ।
हेल्थ केयर र प्रशारक मञ्चले उपलब्ध गराएको उक्त सामग्रीहरु जिल्लामा प्रकाशित पत्रपत्रिका, रेडियो स्टेशन, अनलाइन एवं जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुलाई संस्थागत एवं व्यक्तिगत रुपमा उपलब्ध गराइएको थियो । फिल्डमा खटिने सञ्चारकर्मीहरुको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य सामग्री वितरण गरिएको पत्रकार महासंघ काभ्रेका सह–सचिव सरोज श्री अधिकारीले बताए ।
गण्डकी प्रदेश सभा बैठकको टुङ्गो लागेन : सभामुखलाई दलका नेतासँग छलफल गरेर बैठकको मिति तय गर्न समितिले सुझाएको छ । सभामुखले १५ वैशाखको बैठक स्थगित गर्नुपरेको कारण बताएका थिए ।
संसद्मा तटस्थ बसेको जनमोर्चाका सांसद खिमविक्रम शाहि हराएको भन्दै निवेदन आएपछि बैठक स्थगित गर्नु परेको उनले बताएका थिए । बैठकमा एमाले सांसदहरुले सभामुखप्रती आक्रोश पोखेका थिए । सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रामशरण बस्नेतले सभामुखले हठातमा बैठक स्थगित गर्नुको कारण सोधेका थिए ।