खेलकुदलाई व्यवस्थित र मर्यादित बनाउन जिल्लाको गोसाइकुन्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा एक करोडको लागतमा रसुवा रंगशाला निर्माण भएको छ । वागमती प्रदेश सरकारको ६५ लाख र गोसाइकण्ड गाउँपालिका को ३५ लाख गरी कुन्ड एक करोडको लगानीमा रंगशाला निर्माण भएको हो ।
६२ फिट लम्बाइ र ४२ फिट चौढाइ भएको खेल मैदान तथा ६ सय जनादर्शक बस्न मिल्ने स्थल समेत बनाइएको छ । यस खेल मैदानमा हाइ जम्प, दौड, फुटबल, भलिबल, शारीरिक व्यायाम गर्न मिल्ने गरी व्यवस्थित मैदान बनाइएको पालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताएका थिए ।
को’रोनाको कारण आईपीएलको खेल स्थगित : को’रोनाको कारण कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुनु पर्ने खेल स्थगित गरिएको छ । कोलकाता टिमका दुई खेलाडीमा को’भिड १९ को पोजिटिभ देखिएपछि सोमबार हुने तय भएको सो खेल स्थगित भएको हो ।
वरुण चक्रवर्ती र सन्दीप वारियरको को’रोना परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो । टिमका अन्य खेलाडीको नतिजा भने नेगटिभ आएको थियो । आईपीएल अप्रिल ९ देखि शुरूभएयता पहिलोपटक को’रोना पोजिटिभ नतिजा आएको छ । लेग स्पिनर चक्रवर्ती र पेस बलर वारियर आइसोलेसनमा बसेका छन् ।
साथै टिमका खेलाडीहरूको परीक्षण दैनिक गरिने पनि जनाएको छ । यसपटक को’रोनाकै कारण आईपीएलका खेलहरू भारतका ६ वटा भेन्युमा आयोजना भइरहेका छन् । टिमका खेलाडीहरू चार्टर र नीजी विमानबाट यात्रा गरिरहेका छन् । खेलाडी होटेल र रिसोर्टमा बसिरहेका छन्, उनीहरूले बाहिरका कोहीपनि मान्छेसँग सम्पर्क गरिरहेका पनि छैनन् ।
यसअघि, अस्ट्रेलियाका खेलाडी एन्ड्रयु टाइ, एडम जम्पा र केन रिचार्डसन भाइ’रसको कारण आईपीएल छाडेर घर फर्केका थिए । भारतीय स्पिनर रविचन्द्र अश्विनले पनि कोरोनाकै कारण आईपीएल छाडेका थिए । तर, अस्ट्रेलियाका अन्य खेलाडी ग्लेन मेक्सवेल, स्टिभ स्मिथ, पेट कमिन्स, डेभिड वार्नरले प्रतियोगितामा खेलिरहेका छन् ।
यस्तै इङ्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिजका खेलाडी पनि खेलिरहेका छन् । इङ्लयान्डका खेलाडीमाथि भने इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले लगातार निगरानी र सम्पर्क गरिरहेको बीबीसीले जनाएको छ ।