महिला लघुवित्त वित्तिय संस्थाको शेयर कारोबार शुरू भएको दुई महिनामै ४० हजार रुपैयाले बढोत्तरी भएको छ । साताको कारोबारको तेस्रो दिन मंगलवार यस लघुवित्तको शेयर १० प्रतिशतले बढेर ४१ सय ५८ रुपैया प्रतिशेयर मूल्य तोकिएको छ ।
गत फागुन १४ गते मात्रै प्राथमिक सेयर आइपिओ बाँडफाँड गरेको यस कम्पनीको शेयर कुल आवेदकको दुई प्रतिशत अर्थात ३७ हजार ४ सय जनाले १० कित्ताका दरले सेयर पाएका थिए । त्यसको ठीक ६६ दिनपछि आज मंगलबार कम्पनीको सेयर प्रतिकित्ता ४ हजार १ सय ५८ रुपैयाँ पुगेको हो ।
जस अनुसार एक हजार रुपैया लगानी गरेका लगानीकर्ताले यस अवधिमा ४० हजार भन्दा धेरै नाफा कमाएका छन् । अहिले यसको शेयर कित्ता लगानीकर्ताको ताँती लागेपनि शेयर पाउने अवस्था छैन । जसको कारण यस लघुबित्तको शेयर अझै पनि बढ्नेमा कुनै दुईमत छैन ।
यसको अर्थ १ हजार लगानी गरेका व्यक्तिहरुले अझ धेरै नाफा कमाउन सक्नेछन् । मंगलवार साढे १ बजेसम्मको अपडेटमा नेपाली शेयर बजारमा सामान्य रुपमा रातम्मे अवस्था देखिन्छ । १ अंकले नेप्से परिसूचक घट्दा कारोबार रकम ३ अर्व नाघेको छ