को’रोना भाइ’रसका कारण आइपिएल २०२१ स्थगित भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले को’रोना भाइ’रसको सं’क्रमण टिमहरूमा देखिन थालेपछि सिजनको आइपिएल स्थगित गर्ने निर्णय गरेको हो। पछिल्लो पटक सनराइजर्स हैदरावादका ऋद्धिमान साहलाई को’रोना सं’क्रमण भएको पुष्टि भएको थियो।
यस्तै दिल्ली क्यापिटल्सका अमित मिश्रालाई पनि को’रोना लागेको थियो। आइपिएलअन्तर्गत मंगलबार हैदरावाद र मुम्बई इन्डियन्सबीच खेल हुँदै थियो। कोरोनाको असरलाई मध्यनजर गर्दै आइपिएलमा स्वास्थ्य मापदण्ड अपनाएर खेल हुँदै आएको थियो। खेलहरू दर्शकबिनाको रंगशालामा हुँदै आएका थिए।
यसअघि बुधबारका लागि तय भएको चेन्नई सुपरकिंग्स र राजस्थान रोयल्सबीचको खेल स्थगित भएको थियो। चेन्नईले आफ्नो टिम सोमबारदेखि एक साता क्वारेन्टिनमा बस्ने आयोजकलाई जानकारी गराएपछि खेल स्थगित गरिएको हो। यसअघि सोमबार चेन्नईका सिइओ विश्वनाथनसहित बलिङ प्रशिक्षक एल बालाजी र एक ड्राइभरलाई को’रोना भाइ’रसको सं’क्रमण भएको थियो।
हिजो सोमबार लागि तय भएको कोलकता नाइटराइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल पनि स्थगित भएको थियो। कोलकताका दुई जना खेलाडीलाई को’रोना लागेपछि खेल स्थगित भएको थियो। कोलकताका बलरद्वय बरुण चक्रवर्ती र सन्दीप वारियरलाई को’रोना लागेको थियो।
आइपिएलमा यसअघिका २९ खेलसम्म को’रोनाको असर देखिएको थिएन। कोलकता र बैंग्लोरबीचको ३०औं खेलदेखि भने असर देखिएको हो । पछिल्लो समय भारतमा को’रोना सं’क्रमण दर तीव्र रूपमा फैलिरहेको छ। दैनीक ४ लाख बढीमा सं’क्रमण भइरहदा ३ हजार बढीको मृ’त्यु हुने गरको छ।