बैतडीसहित सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा निषेधाज्ञा लागू भएको छ । नयाँ भेरिएन्टसहितको को’रोना सं’क्रमणको दोस्रो लहर फैलिएसँगै त्यसको रोकथाम तथा नियन्त्रणका यहाँका जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा लागू गरेका हुन् ।
को’रोनाबाट सबैभन्दा बढी प्रभा’वित प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा वैशाख १६ गतेदेखि एकहप्ताका लागि निषेधाज्ञा गरिएकोमा थप गर्दै वैशाख मसान्तसम्म लम्बाइएको छ । बैतडी, बझाङ अछाम, बाजुरा र डोटीमा सोमबारदेखि निषेधाज्ञा लागू भएको छ ।
यस्तै बाजुरामा पनि मंगलबार राती १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय अछामले सोमबारदेखि लागू हुने गरी दुई हप्ताका लागि एक हप्ता निषेधाज्ञा जारी गरेको छ ।
बझाङमा सोमबारदेखि वैशाख २६ सम्म जारी गर्दा दार्चुला र डडेल्धुरामा पनि आइतबारदेखि नै निषेधाज्ञा लगाइएको छ । डोटीमा सोमबारदेखि लागू हुनेगरी १० दिनका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बैतडीमा सोमबार बिहानदेखि जेठ २ गतेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो । निषेधाज्ञामा अतिआवश्यक कामकाजबाहेक हिँडडुल गर्न नपाइने समेत जनाइएको छ । सुदूरपश्चिम प्रदेश भारतसँग सीमा जोडिएको प्रदेश भएकोल यहाँ सं’क्रमणको दर तीव्र रूपमा फैलँदै गएको छ ।