काठमाडौं उपत्यकामा निषेधाज्ञा अवज्ञा गर्नेलाई प्र’हरीले जरि’वाना गर्न थालेको छ । सं’क्रामक रो’ग ऐन–२०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा प्र’हरीले १ सय रुपैयाँ जरि’वाना लिन थालेको हो ।
निषेधाज्ञालाई प्रभावकारी बनाउन उल्लंघनकर्तालाई जरि’वाना गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । वैशाख २१ र २२ मा महानगरीय प्र’हरी परिसर ललितपुरले ८४ जनालाई जरि’वाना गरेको छ । बारम्बार सम्झाउँदा पनि बिनाकाम हिँड्ने, तोकिएको भन्दा धेरै समय पसल खोल्ने र मास्क नलगाउनेलाई जरि’वाना गरिएको महानगरीय प्र’हरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन् ।
काठमाडौंका पनि सवै प्रहरी युनिटले स्थानिय प्रशासनको आदेश उल्लं’घन गर्नेहरुलाई जरि’वाना लिन थालेको महानगरीय प्र’हरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले बताए । बिहिबारबाट जरि’वानामा थप क’डाई गरिने एसपी बस्नेतले बताए । सं’क्रामक रोग ऐन–२०२० अनुसार स्थानिय प्रशासनलाई ३ सय सम्म जरि’वाना र ६ महिना कैद स’जाय गर्ने अधिकार छ ।