दाङका चार पालिकाको सहयोगमा लमहीमा को’भिड स’ङ्क्रमण व्यवस्थापनका लागि उपचार केन्द्र सञ्चालन भएपछि देउखुरी क्षेत्रका बि’रामीलाई सहज भएको छ । लमहीमा को’रोना स’ङ्क्रमितको उपचारका लागि २५ श्ययाको एचडीयू अ’स्पताल सञ्चालनमा आएको छ ।
लमही नगरपालिका तथा गढवा, राप्ती र राजपुर गाउँपालिकाको लगानीमा अ’स्पताल सञ्चालनमा आएको छ । स’ङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु भएको अ’स्पतालका प्रमुख डा पुष्प भुसालले जानकारी दिए । “को’रोना अ’स्पताल निर्माण गरेर उपचार थालिएको छ”, डा भुसालले भने, “अक्सिजनसहितको अ’स्पताल तयार भएको हो ।”
लमही–४ अर्नहवा निवासी ४५ एक वर्षीय पुरुषलाई को’भिड–१९ को स’ङ्क्रमण पुष्टि भयो । होम आइसोलेशनमा बस्दा श्वासप्रश्वास प्रक्रियामा स’मस्या भयो । अक्सिजन दिएर बि’रामी भर्ना गर्नुपर्ने भयो । उनलाई लमहीस्थित एचडीयू को’भिड अ’स्पतालमा भर्ना गरियो । निमोनियाका कारण छातीमा स’ङ्क्रमण भएको पत्ता लागेपछि दुई दिन को’भिड अ’स्पतालमा औषधि चढाएर अक्सिजन दिइयो ।
जसले गर्दा शरीरमा अक्सिजनको मात्रा पूरा भयो । छातीमा देखिएको स’ङ्क्रमण पनि कम हुँदै गएपछि डिस्चार्ज गरेर घर पठाइएको को’भिड अ’स्पतालका प्रमुख डा भुसालले जानकारी दिए । “समयमा अक्सिजन र औषधि पाउने हो भने छातीमा हुने थप स’ङ्क्रमण रोक्न सकिन्छ”, उनले भने, “यहाँ भर्ना भएको दुई दिनमा सञ्चो भएर डिस्चार्ज गर्ने अवस्थामा हामी पुग्यौँ ।”
को’भिड उपचारका लागि अ’स्पताल स्थापना भएपछि बि’रामीको उपचार सम्भव भएको उनले बताए । पहिलो चरणमा १२ श्यया तयारी अवस्थामा छन् । अन्य १३ थपेर २५ श्यया पुर्याइने छ । श्यया कुरेर बस्दा स’ङ्क्रमितको ज्यान जो’खिममा थियो । देउखुरी क्षेत्रका मानिस बिरामी भएपछि घोराही पुग्नुपर्थ्यो ।
नेपालगञ्ज, बुटवल नै जानुपर्ने बाध्यता थियो । होम आइसोलेशनमा बस्न नसक्ने र अक्सिजन दिएर उपचार गर्नुपर्ने स’ङ्क्रमितलाई अ’स्पताल भर्ना गरेर उपचार थालिएको र अहिले सो अ’स्पतालमा १० बि’रामीले उपचार गराइरहेका छन् । निको भएर घर जाने क्रम शुरु भएको लमहीका नगरप्रमुख कुलबहादुर केसीले बताए ।