काठमाडौं– पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना को’रोना सं’क्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ हजार ९०५ जनाले को’रोना जितेका हुन्। यो सँगै नेपालका को’रोना निको हुनेको संख्या २ लाख ९५ हजार ३९५ जना पुगेको छ। यो दर कुल सं’क्रमितको ७८ दशमलब २ प्रतिशत हो।
हालसम्म को’रोना निको हुनेमा काठमाडौंकाका मात्र १ लाख १२ हजार ८०२ जना रहेका छन्। यस्तै ललितपुरमा १७ हजार ६३५ जना निको भएका छन् भने भक्तपुरमा ९ हजार ८२५ जना निको भएका छन्।
शुक्रबार काठमाडौं उपत्यकामा मात्रै ४ हजार १०६ जनामा कोरोना : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४ हजार १०६ जनामा को’रोनाभाइरस सं’क्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ हजार ८९, ललितपुरमा ६४३ र भक्तपुरमा ३७४ जना गरी ४ हजार १०६ जनामा सं’क्रमण पुष्टि भएको हो ।
यस्तै, झापामा २१६, मोरङमा २७३, धनुषामा १०६, पर्सामा १३०, रुपन्देहीमा ७३०, बाँकेमा २२२,कास्कीका ३९३, , कैलालीमा १२५, बैतडीमा ११४, दाङमा ३६६ , चितवनमा ३४३, काभ्रेमा १८० र नवलपरासी पूर्वमा १०० जनामा सं’क्रमण पुष्टि भएको छ ।
शुक्रबार नेपालमा हालसम्मकै उच्च बिन्दुमा को’रोना भाइ’रससका बि’रामी थपिएका छन् । १९ हजार ९८७ जनाको पीसीआर परिक्षण गर्दा ९ हजार २३ जनामा र ४९५ जनाको एन्टीजेन परिक्षण गर्दा १७३ जनामा गरी ९ हजार १९६ जनामा को’रोना भाइ’रस सं’क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा को’रोना भाइ’रसका का’रण थप ५०जनाको मृ’त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय सं’क्रमितको संख्या ७८ हजार ६२९ रहेको छ ।