को’रोना भाइ’रसको सं’क्रमण नघटेपछि दाङमा निषेधाज्ञाको अवधि एक साता थपिएको छ। जिल्ला को’भिड–१९ सं’कट व्यवस्थापन केन्द्रको बैठकले को’रोना नियन्त्रणका लागि निषेधाज्ञालाई जेठ १ गते बेलुका ६ बजेसम्म थप गर्ने निर्णय गरेको हो। यसअघि लगाएको निषेधाज्ञा आज बेलुका ६ बजे सकिँदै थियो।
को’रोना सं’क्रमण बढेपछि वैशाख १७ गते बिहान ६ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको थियो। अब थपिएको अवधिमा झन कडाइ गरिने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए।
बैंक तथा वित्तीय संस्थालाई बिहान ११ देखि दिउँसो १ बजेसम्म सञ्चालन गर्न दिइएको छ। त्यस्तै, विकास निर्माणका सामग्री ढुवानीका लागि बेलुका ६ देखि राति ९ बजेसम्म र अत्यावश्यक वस्तु खरिद बिक्री एवं ढुवानीका लागि बिहान ७ देखि ८ बजेसम्मको समय तोकिएको छ।