को’रोना सं’क्रमित पत्रकार दिनेश दाहालको मृ’त्यु भएको छ । सं’क्रमण पुष्टि भएपछि उपचाररत उनको उपचारकै क्रममा नि’धन भएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सदस्य दिनेश दाहालको को’रोना सं’क्रमणका कारण ४० वर्षको अल्पायुमै नि’धन भएको उल्लेख गरेका छन् ।
वैशाख १ गते को’रोना सं’क्रमण पुष्टि भएपछि घरमै आइसो’लेसनमा रहेका दाहाललाई श्वास फेर्न सम’स्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अ’स्पतालमा भर्ना गरिएको थियो । १५ दिनदेखि उपचाररत दाहालको आज बिहान उ’पचारको क्रममा नि’धन भएको हो । दाहाल विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय थिए ।
उनको नि’धनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गु’माएको महासंघले जनाएको छ । स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् । दाहालको नि’धनसँगै नेपालमा को’रोनाकै कारण हालसम्म ८ जना पत्रकारको नि’धन भएको छ । ६ सय ५० भन्दा बढी पत्रकार सं’क्रमित छन् ।