जाल्पा सामूदायिक लघुवित्त वित्तीय संस्थाले साधारण शेयर जारी गर्ने भएको छ । अबको केही समयमा साधारण शेयर निष्कासन गर्ने तयारीमा रहेको जानकारी प्राप्त भएको छ । यस कम्पनिले ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण शेयर निष्कासन गर्ने भएको हो ।
यस कम्पनीले शेयर निष्काशनका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । सो सम्झौता गत २०७७ चैत्र ५ गते शुक्रबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रधान कार्यालय पोखरामा सम्पन्न भएको छ।
सम्झौतामा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विमला योगी तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गर्नु भएको छ ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिकाको सिमलाचौरमा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ ।संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा सो शेयर निष्काशन पश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ ।