कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर किन्न सर्वसाधारण त्यसैले बढी पुग्ने गरेका हुन् । यो मौकाको फाइदा उठाउँदै पर्साको वीरगन्जमा एक औ’षधी व्यवसायीले कालोबजारी गरी सर्वसाधारणलाई ठ’गी गरेको पाइएको हो ।
पर्सा प्रहरीले उनलाई प’क्राउ गरेपछि वास्तविकता सहतहमा आएको छ । को’रोनाले गाँ’जेको वीरगन्जमा अक्सिमिटर बिक्री गर्दा का’लोबजारी गरी ग्राहकलाई ठगी गर्ने ती औ’षधी व्यवसायी प’क्राउ परेको पर्साका प्र’हरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए । ‘उनको पसलमा रीतपूर्वक छापा मार्दा १२ थान अक्सिमिटर पनि फेला प¥यो,’ उनले भने ।
आफ्नै घरमा औ’षधी पसल राखेर का’लोबजारी गरेको फेला परेपछि वीरगन्ज महानगरपालिका–१६ नगवाका ३२ वर्षीय औषधी व्यवसायी रामहरि तिवारीलाई प’क्राउ गरिएको पर्सा प्र’हरीले जनाएको छ । औ’षधी व्यवसायी तिवारीले १ हजार ९ सय पर्ने अक्सिमिटरलाई ३ हजार ५ सयभन्दा बढी मूल्यमा बिक्री गरेको पाइयो ।
प’क्राउ परेका अभियुक्त तिवारीलाई कालोबजारीसम्बन्धी कसुरमा कार्बाही प्रक्रिया अगाडि बढाइँदै छ प्र’हरी नायव उपरीक्षक खनालले बताए । को’रोना म’हामा’रीको यस्तो समयमा पनि अन्य धेरै औ’षधी पसलमा समेत अक्सिमिटर र औ’षधीमा कालोबजारी हुने गरेको सर्वसाधारणको आ’रोप छ । कालोबजारी ऐनअनुसार कसुर गरेको ठहर भएमा एक वर्ष कैद र २ लाख ५० हजार जरि’माना वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।