को’रोना सं’क्रमित भएपछि होम आइसो’लेसनमा रहेका सं’क्रमितहरुलाई राजविराज नगरपालिकाले आइतबारदेखि घरमै औषधि पुर्याउन सुरु गरेको छ । नगरप्रमुख शम्भुप्रसाद यादव संक्रमितका घर–घरमा आफैं पुगी औषधि वितरण थालेका हुन् ।
को’रोना सं’क्रमण पुष्टि भए पनि अवस्था सामान्य रहेका कारण होम आइसो’लेसनमा रहेकाहरुलाई औ’षधि वितरण सुरु गरिएको हो । वितरित औषधिमा सिटामोल, भिटामिन बी, सि, डि र इ, जिंक चक्की र जीवनजल छन् । एकजना सं’क्रमितलाई करिब एक हजार रुपैयाँ बराबरको औ’षधि वितरण गरिएको मेयर यादवले बताए ।
‘सं’क्रमित रहेका घरमा अन्य मानिससमेत कन्ट्रयाक्ट ट्रेसिङमा रहेकाले बाहिर निस्कनसक्ने अवस्था नरहेको, केही घरमा परिवारका सबैजना संक्रमित भएका कारण कोही औषधि लिन नसक्ने भएकाले हामीले नै औषधि पुर्याउने प्रयास गरेका हौं,’ यादवले भने ।
दोस्रो लहरको को’रोना सं’क्रमण सुरु भएपछि राजविराज नगरपालिकामा मात्र एक २५ जना सं’क्रमित भएका छन् । तीमध्ये १ सय १५ जना होम आइ’सोलेसनमै रहेको नगरपालिकाले जानकारी दिएको छ । आइतबार नै गजेन्द्रनारायण सिंह अ’स्पतालमा रहेका को’रोना सं’क्रमितहरुलाई पनि राजविराज नगरपालिकाले ती औ’षधिहरु दिएको छ ।
अ’स्पतालमा अहिले २० जना को’रोना सं’क्रमितको उपचार भइरहेको छ । यसैबीच सोमबारबाट राजविराजस्थित साईकृष्णा मेकिडल कलेजको पुरानो भवनमा ५० शैय्याको को’भिड अ’स्पताल समेत संचालनमा आउने भएको छ ।
अहिले को’रोनाका बि’रामीहरुका लागि गजेन्द्रनारायण सिंह अ’स्पताल राजविराजमा २५ शैय्याको एचडियु युनिटमात्र रहेको थियो । ‘सं’क्रमित बढ्दै गएकाले साइकृष्णामा पनि शैय्या थप गरि सञ्चालनमा ल्याउन लागिएको हो,’ गजेन्द्रनारायण सिंह अ’स्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जितकुमार झाले भने ।