सल्यान — जिल्ला अ’स्पताल दुई वर्षदेखि एम्बुलेन्सविहीन बनेको छ । एम्बुलेन्स मर्मत नहुँदा अ’स्पताल एम्बुलेन्सविहीन बनेको हो । एम्बुलेन्स अ’स्पताल परिसरमै थन्किएको छ । अ’स्पतालले एम्बुलेन्स मर्मत र नयाँ खरिदमा चासो नदेखाएपछि बिरामी सास्ती भोग्न बाध्य छन् ।
अ’स्पतालले रेफर गरेका र अ’स्पतालमा उपचारका लागि आउनुपर्ने बिरामीले महँगो मूल्यमा निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ । एम्बुलेन्स नहुँदा बिरामीले स’मयमै उपचार नपाउने स’मस्या रहेको स्थानीय कमल शर्माले बताए । ‘कोही आफन्त बि’रामी भए एम्बुलेन्सका लागि धेरै ठाउँ चहार्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘अ’स्पतालकै एम्बुलेन्स भए बि’रामीको उपचार सहज हुन्थ्यो, सस्तो दरमा एम्बुलेन्स प्रयोग गर्न पाइन्थ्यो ।’
उनले निजी एम्बुलेन्सले मनपरी भाडा लिने गरेको गुनासो गरे । एम्बुलेन्स नपाइँदा आफन्तको उपचारका लागि निजी गाडी रिजर्भ गर्नुपर्ने बाध्यता छ । एम्बुलेन्स नहुँदा जिल्ला अ’स्पतालको आइसो’लेसनमा भर्ना भएका कोरोना सं’क्रमितलाई जिल्ला बाहिर लैजान स’मस्या छ ।
जिल्ला अ’स्पतालमा भेन्टिलेटर र अक्सिजन सुविधा नहुँदा जटिल अवस्थाका बि’रामीलाई बाहिर रेफर गर्नुपर्ने बाध्यता छ । बिग्रिएको एम्बुलेन्स मर्मत गर्नभन्दा नयाँ किन्न सस्तो पर्ने भएकाले मर्मत नगरिएको जिल्ला स्वास्थ्य सेवा प्रमुख दशरथ श्रेष्ठले बताए ।