पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक कम्पनीले सर्वसाधारणका लागि करिब ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गरेको छ ।
कम्पनीले हाल द्वितीय चरणमा रु. १०० अंकित दरका १ करोड ५० लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट बैशाख ५ गते अनुमति पाएको थियो । त्यस मध्ये सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी ६ अर्बको १० प्रतिशत अर्थात ६० करोड बराबरको ६० लाख कित्ता शेयर स्थानीयका लागि निष्कासन गरिएको हो तर लक डाउन ले गर्दा अहिले रोकिएको छ ।
द्रोसो चरणमा जारी पूँजी ६ अर्बको १५ प्रतिशत अर्थात रु. ९० करोडबराबरको ९० लाख कित्ता साधारण शेयरहरुमध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने शेयरको ४ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुलाई र ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने शेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।
बाँकी ८१ लाख ९० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिने कम्पनीले जनाएको छ । सर्वसाधारणका लागि आइपीओ निश्कासन भने केही पछि गरिने बताइएको छ ।
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमीटेडले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी रु. ६ अर्ब २१ करोड रहेको छ भने जारी पूँजी रु. ६ अर्ब तथा चुक्ता पूँजी रु. ४ अर्ब ५० करोड रहेको छ ।
निर्माणाधीन यस आयोजनाकोअद्यावधिक लागत अनुमान निर्माण अवधिको ब्याज बाहेक रु.१५ अर्ब ३ करोड २ लाख ९० हजार रुपैयाँ र निर्माण अवधिको ब्याजसहित रु.१६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रहेको छ । कम्पनीको प्रक्षेपित वित्तीय विवरणअनुसार निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट लागत रु.१६,६४,०४,१०१।– रहेको छ भने साधारण लगानी फिर्ता हुने अवधि ७.७० वर्ष रहेको छ ।
आइपीओ निश्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई निश्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ भने सह निश्कासन तथा बिक्री प्रबन्धकको रुप्मा प्रभू क्यापिटल, एनआइबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सीबीआइएल क्यापिटल रहेका छन् ।
यो पनि पढ्नुहोस् : यो हप्ता शेयर बजारमा रुरु जलविद्युत परियोजनाको आईपीओसहित ६ कम्पनीको शेयर थपिएको छ । यो हप्ता रुरु जलविद्युत, समता घरेलु लघुवित्त वित्तीय संस्था, सिनर्जी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, स्वाभिमान लघुवित्त र सूर्या लाइफा इन्स्योरेन्स कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो ।
नेप्सेमा रुरु जलविद्युत परियोजनाको ४० लाख ७७ हजार ५५ कित्ता आईपीओ, समता घरेलु लघुवित्तको २८ लाख ५६ हजार २०१.६० कित्ता शेयर, सिनर्जी पावरको ३ लाख ३२ हजार ५ सय कित्ता बोनस शेयर, एनआरएन इन्फ्रास्ट्रक्चरको ३ लाख २२ हजार ८१४ कित्ता बोनस, स्वाभिमान लघुवित्तको १ लाख ५३ हजार ४२३.६० कित्ता बोनस शेयर र सूर्या लाइफको १० लाख ७७ हजार ५६९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
यी मध्ये रुरु जलविद्युत परियोजनाको आईपीओ र समता घरेलु लघुवित्तको शेयर कारोबारमा आईसकेको छ । अन्य कम्पनीको शेयर हितग्रही खातामा आएपछि शेयरधनीले खरिदबिक्री गर्न सक्नेछन् ।