बहराइनको राजपरिवारहितको १६ सदस्यीय टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेको छ । बहराइनका राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहित १६ सदस्यीय टोलीले आज बिहान सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेका हुन् ।
को’रोना म’हामा’रीपछि दोस्रो पटक कोही सगरमाथाको चुचुरोमा पुगेको यो दोस्रो पटक हो । सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर भएपछि भएको यो दोस्रो आरोहण हो । राजपरिवारको टोली आज बिहान ६:४० बजे सगरमाथाको सफल आरोहण गरेको नेपाल पर्यटन विभागले जनाएको छ ।
खनाल–नेपाल समूह सामूहिक राजीनामाबाट ‘ब्याक’ ! : सांसद पदबाट सामूहिक राजीनामा दिएर बाहिरिने निर्णयबाट पछाडि हट्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह विश्वासको मत लिने सोमबारको संसद् बैठकमा अनुपस्थित भएको छ ।
उनीहरूको यो निर्णयसँगै सोमबारै सरकारविरुद्ध बहुमत पु¥याउने कांग्रेस, माओवादी केन्द्र र जसपाको विपक्षी गठबन्धनको योजनामा धक्का पुगेको छ । तीन दिनदेखि लगातार सामूहिक राजीनामाको अडानमा रहेको नेपाल–खनाल समूह पछाडि हटेर अनुपस्थित हुने निष्कर्षमा पुग्नुका पछाडि धेरै कोणबाट विश्लेषण भएको छ ।
यद्यपि, स्वयं खनाल–नेपाल समूहका नेताहरूले भने पार्टी विभाजन नगर्ने र प्रधानमन्त्री केपी ओलीले एकताबद्ध नबनाएसम्म अन्तर्संघर्ष जारी राख्ने राष्ट्रिय कार्यकर्ता भेलाको भावनाअनुरूप नै निर्णय भएको प्रस्ट्याएका छन् । तर, राजीनामालाई लिएर खनाल–नेपाल समूहमा विवाद छ ।
खनाल–नेपाल समूहले ४ र ५ चैतमा काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गरेर प्रधानमन्त्री ओलीले २३ फागुनको सर्वोच्च अदालतको फैसला र पार्टी विधानलाई लत्याएको निष्कर्षसहित देशव्यापी समानान्तर अभ्यास सुरु गर्ने निष्कर्ष निकालेको थियो । नेपाल समूहका ३५ मध्ये सात सांसदले विश्वासको मतको पक्षमा मतदान गरे भने २८ सांसद अनुपस्थित भएका थिए ।
जसमध्ये प्रत्यक्ष निर्वाचित राजबहादुर बुढा, ध्रुव शाही, हीराचन्द्र केसी तथा समानुपातिकतर्फका समिना हुसेन, पार्वती बिसुंखे, बिना बुढाथोकी मगर र गंगा सत्गौवाले उपस्थित भएर मतदान गरेका थिए । नेपाल–खनाल समूहका केन्द्रीय सदस्य ठाकुर गैरेले अहिल्यै सामूहिक राजीनामा दिएर नयाँ पार्टी बनाउने दिशामा जाने राष्ट्रिय कार्यकर्ता भेलाको निर्णयविपरीत मात्र नभएर धेरै ठूलो विषय भएकाले अन्तिममा ‘ब्याक’ भएको बताए ।
उनले पार्टी फुटाउनुहुन्न भन्ने मत प्रभावी रहेकै कारण सामूहिक राजीनामाको निर्णय अन्तिममा बदलिएको प्रस्ट संकेत गरे । गैरेसहित करिब दुई दर्जन केन्द्रीय सदस्यले आइतबार राति भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतका नेताहरूलाई राति अबेरसम्म भेटेर सामूहिक राजीनामाको सट्टा विश्वासको मत हाल्न या पार्टी एकता बचाउन कुनै मध्यमार्गी बाटो अख्तियार गर्न व्यापक दबाब सिर्जना गरेका थिए ।
त्यसो त, नेपाल–खनाल समूहमा सामूहिक राजीनामाले एकताको ढोका बन्द गर्ने भएकाले एकताको दबाब दिन प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने पक्षमा सुरेन्द्र पाण्डेले अगुवाइ गरेका थिए । पाण्डेसहित प्रत्यक्ष निर्वाचित भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, गणेश पहाडी, यज्ञराज सुनुवार, दीपकप्रकाश भट्ट, नारायण खतिवडा, ध्रुव शाही, राजबहादुर बुढा तथा अधिकांश समानुपातिक सांसदले सामूहिक राजीनामामा जाँदा एकताको ढोका बन्द हुने, विपक्षी गठबन्धनलाई सरकार बनाउन सहज हुने भएकाले पार्टीभित्रै रहेर अन्तर्संघर्ष गर्ने अवस्था नबन्ने, जनतामा राजीनामा दिएर चुनावमा मत माग्दा औचित्य पुष्टि गर्न अप्ठ्यारो हुने, प्रधानमन्त्री ओलीलाई बहुमत नचाहिएकाले राजीनामाले पनि कुनै असर नगर्नेलगायतका तर्क राखेका थिए ।
उता, भीमबहादुर रावल, विरोध खतिवडा, कल्याणी खड्का, मेटमणि चौधरी, झपट रावललगायतले भने ओलीले सबै ढोका बन्द गरिसकेकाले राजीनामाको विकल्प नरहेको धारणा राख्दै आएका थिए । दुवै पक्षबीच मत बाझिएको र प्रधानमन्त्री ओलीका तर्फबाट दोस्रो तहका नेताहरूले अन्तिमसम्म एकताका लागि दौडधुप गरेकाले अझै संवादबाट निकास आउने स्थितिलाई ध्यानमा राखेर मध्यमार्गी निर्णय गरिएको नेपाल–खनाल समूहका नेताहरूको मत छ ।
प्रधानमन्त्री ओली पक्षले ह्विप उल्लंघन गर्ने पार्टीका सांसदलाई तत्काल कुनै कारबाही नगर्ने नीति अख्तियार गर्ने भएको छ । तत्काल कारबाही गर्दा विपक्षी गठबन्धनतिर बहुमत पुग्ने र पार्टी एकताको ढोका पनि बन्द गर्ने निष्कर्षसहित त्यस्तो नीति अख्तियार गरिएको ओली समूहका एक स्थायी कमिटी सदस्यले बताए ।
‘संसद्को इतिहासमा यो कलंकको दिन हो । पार्टीको ह्विप उल्लंघन गर्ने कामले पार्टीलाई नै क्षति पुर्याएको छ । यसबारे पार्टीमा छलफल हुन्छ,’ भट्टराईले नयाँ पत्रिकासँग भने । संसद्मा ओलीलाई विश्वासको मत नदिएपछि नेपालको टिप्पणी : यो निर्णय हाम्रो देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक हो
एमाले नेता माधव नेपालले राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादाका लागि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएर देश, जनता र पार्टीप्रतिको निष्ठा देखाएको बताएका छन् । संसद्मा प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएपछि सोमबार साँझ नेपालले विज्ञप्ति जारी गर्दै देशभक्त, लोकतन्त्रप्रेमी राजनीतिकर्मी तथा जनसमुदायको कर्तव्य हुने भएकाले संसद्मा अनुपस्थित भएको प्रस्टीकरण दिएका छन् ।
‘पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओलीका उपर्युक्त कामकारबाहीका कारण उहाँलाई राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादालगायत कुनै पनि दृष्टिबाट विश्वासको मत दिन उचित हुँदैनथ्यो,’ नेपालको विज्ञप्तिमा छ, ‘उहाँका गलत क्रियाकलापहरूको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नका लागि आ–आफ्नो स्थानबाट योगदान गर्नु सबै देशभक्त, लोकतन्त्रप्रेमी राजनीतिकर्मी तथा जनसमुदायको कर्तव्य हुने भएकाले सोहीअनुरूप हामीले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने र प्रतिनिधिसभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेका हौँ । यो निर्णय हाम्रो देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक हो ।’