उच्च हिमाली जिल्ला हुम्लामा को’रोना भाइ’रसका सं’क्रमित बढ्दै गएपछि निषेधाज्ञाको समयावधि थप बढाइएको छ । जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्रको निर्णयानुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय आगामी जेठ ४ गतेसम्मका लागि बढाएको केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।
विमानस्थलका सामग्री ७२ घण्टापछि पाइने छ । हवाई माध्यमबाट बाँके र सुर्खेतबाट ल्याइएका खाद्यान्न तथा निर्माण र दैनिक उपभोग्य सामग्री सम्बन्धित निकाय र व्यक्तिले ७२ घण्टापछि मात्रै बुझ्न पाउने भएको छ । पहिलो चरणका निषेधाज्ञामा सिमकोट विमानस्थलमै थुपारेर राखिएका सामग्री स्वास्थ्य मापदण्डानुसार मात्रै लिन पाइने निर्णय जिप्रकाले गरेको हो ।
यस्तै नयाँ भेरियन्ट सहितको को’भिड–१९ को स’ङक्रमण तीव्ररुपमा बढेपछि कैलालीमा थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला को’भिड सङ्कट व्यवस्थापन केन्द्र कैलालीले जेठ ६ गते सम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीेले जानकारी दिए । यस अघि यही वैशाख १६ देखि २२ गतेसम्म र २३ गते देखि वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको थियो ।
अत्यावश्यक बाहेक अन्य सार्वजनिक सेवा हाललाई पूर्ण रुपमा स्थगन गरी अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालय बाहेक अन्य कार्यालयले बढीमा २५ प्रतिशत कर्मचारी तथा सवारी साधन प्रयोग गरी कार्यालयको आन्तरिक व्यवस्थापन गर्नुपर्नेछ । जिल्लामा बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द गरिने भएको छ ।
स्वास्थ्य सेवा, डेरी, तथा पेट्रोलियम पदार्थ सम्बन्धी पसल व्यवसाय बाहेक अन्य पसल÷ व्यवसाय सञ्चालन गर्न पाइने छैन । त्यस्तै तरकारी, फलफुल, तथा खाद्यवस्तुका पसल मङ्गलबार, बिहीबार र शनिबार बिहान ९ बजेसम्म जनस्वास्थ्य तथा सुरक्षाका मापदण्डको पूर्ण पालना गर्ने गरी सञ्चालन गर्न पाइने छ ।