बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा हिजो राति ट्याक्सी दुर्घ’टना हुँदा चालकसहित दुई जनाको मृ’त्यु भएको छ । ट्याक्सीमा सवार एक महिला घा’इते भएकी छिन् ।
पोखराबाट ढोरपाटन जाँदै गरेको ध १ ज ५२८ नम्बरको ट्याक्सी प्याङ्खोला घुम्तीमा दुर्घ’टना हुँदा एक जनाको घ’टनास्थलमै र एक जनाको उपचारका क्रममा मृ’त्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए ।
उनका अनुसार मृ’त्यु हुनेमा प्याङ्खोलाकै ४० वर्षीय जोकबहादुर विक र ट्याक्सी चालक बडिगाड–१ ग्वालीचौरका ३५ वर्षीय ढालबहादुर थापा छन् । दुर्घ’टनामा मृ’तक विककी श्रीमती रतिमाया घा’इते भएकी छिन् । घा’इतेलाई उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको छ। रासस ।