सुनसरीस्थित इटहरीमा लकडा’उनका बेला बारीमा उत्पादित तरकारी बजार लान नसकेर कु’हिन थालेपछि पी’डित बनेका कृषकको सम’स्यालाई इटहरी उपमहानगरले सहजीकरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्ला भरी ३१ गते सम्मकालागि पूर्णनिषेधाज्ञाको घोषणा गरे पछि इटहरीका तरकारी खेतीगर्ने कृषकहरू हप्तादिनदेखि बारीमा उत्पादित टमाटर, खुसार्नी, बैगुन, साग र सिमीलगायतका तरकारी बारीमा कुहि’एका छन् । तर, भारतबाट तरकारी आयात हुन रोकिएको छैन ।
आफ्नै देशमा उत्पादित तरकारी कुहि’एर जाँदा स्थानीय सरकारले कुनै विकल्प नगरेको गुनासो गर्दै आएका थिए । कृषकको गुनासोपछि इटहरी उपप्रमुखलक्ष्मी गौतमले कृषकको बारीमै पुगेर अनुगमन गरिन् । कृषकले कुहिएको तरकारी देखाउँदै राजु यादवले भने ५० हजार घा’टा भएको बताए । शिव घिमिरेले ८० हजार घा’टा भएको गुनासो गरेका थिए ।
अनुगमनका क्रममा आफूले किसानहरू निक्कै पी’डित भएको पाएकाले सहजीकरण गर्ने विश्वास दिएर आएकी उपप्रमुख गौतमले पी’डित कृषक र थोक विक्रेताहरूसँग छलफल गरेर सहजीकरण गरी छलफलपछि सब्जि होलसेल व्यापारीहरूले बारीमै गएर सब्जी उठाउने सहमति गरिएको उपप्रमुख गौतमले कारोबारलाई जानकारी दिइन् ।
क्विन्टलभन्दा माथि भए कृषकको बारीमै गएर उठाउने र त्योभन्दा थोरै भए कृषकले पसलमा ल्याइदिने गरी समन्वय गरिएको उपप्रमुख गौतमले बताइन् । लकडा’उनका कारण उत्पादित सब्जी बजारसम्म पु¥याउन नसक्दा पीडित कृषकहरू लकडाउ’नको बेला पाकेको तरकारी बालीले बजार पाउने भएपछि कृषकहरू खुसी भएका छन् ।