प्रदेशसभाको संसदीय समितिले प्रदेश १ सरकारलाई सबै निजी अ’स्पतालहरुलाई को’भिड अ’स्पताल बनाउन निर्देशन दिएको छ। सामाजिक विकास समितिले आज सामाजिक विकासमन्त्री उषाकला राईलाई अध्ययन प्रतिवेदन बुझाउँदै सबै निजी अ’स्पतालमा को’भिड उपचारको सेवा सुरु गराउन प्रदेश सरकारलाई निर्देशन दिएको हो।
संसदीय समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन मन्त्री राईलाई बुझाएको हो। को’रोना सं’क्रमण बढेपछि उपचार अभावमा सं’क्रमितले ज्या’न गु’माउनु परेको गुनासो आएपछि सामाजिक विकास समितिले प्रदेश १ का सबै सरकारी र निजी अ’स्पतालको अनुगमन गरेको थियो। समितिले प्रदेशका को’भिड अ’स्पतालहरुको पनि अनुगमन तथा निरीक्षण गरेको थियो।
सरकारलाई संसदीय समितिले भारतीय सीमावर्ती नाकामा स्थानीय तहको क्षमता अपर्याप्त देखिएकाले प्रदेश सरकारले विशेष सुविधा थप गरी सीमानाकाबाट हुनसक्ने सम्भावित जो’खिम न्यूनीकरण गर्नसमेत निर्देशन दिएको समिति सभापति सरिता थापाले जानकारी दिइन्। संसदीय समितिले आम नागरिकलाई को’रोनावि’रुद्धको खो’प सेवा उपलब्ध गराउन तथा पहिलो डोज लगाएकालाई दोस्रो डोजको व्यवस्था गर्न पनि निर्देशन दिएको जनाएको छ।
समितिका अनुसार को’भिड अ’स्पताल अनुगमनको क्रममा मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज र झापाको बिर्तामोडस्थित बिएण्डसी अ’स्पतालले अनूचित धरौटी लिएको देखिएकाले एकरुपता कायम गर्न पनि मन्त्रालयलाई निर्देशन गरिएको छ। प्रतिवेदन बुझ्दै सामाजिक विकासमन्त्री उषाकला राईले समितिको निर्देशन तत्कालै कार्यान्वयन गर्ने बताइन्। को’रोना रोकथाम तथा प्रतिकार्यमा मन्त्रालयबाट कुनै कमजोरी नहुने उनको दाबी छ।