सीइडीबी हाइड्रोपावरले सर्वसाधारणको लागि बिक्री गरेको आईपीओ अर्को हप्ताभित्र बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार अर्को हप्ताभित्र मात्र आइपीओ बाँडफाँड गर्ने तयारी गरिएको छ । बाँडफाँड गर्ने दिन चाहि एकिन नभएको बिक्री प्रबन्धकले जनाएको छ ।
सीइडीबी हाइड्रोपावरको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले शेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट शेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ६३ करोड ४५ लाख ५० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १७ लाख ३६ हजार ७०० जनाले २ करोड ६३ लाख ४५ हजार ५०० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ११.२५ गुणा बढी हो ।
डिजिटल कारोबार उत्साहजनक, चैतमा मात्रै साढे ४८ अर्बको मोबाइल बैंकिङ काराेबार : को’रोना भाइ’रसको सं’क्रमणबाट बच्न भएको लकडा’उन र निषेधाज्ञासँगै डिजिटल भुक्तानीमार्फत हुने कारोबार निकै बढेको छ ।
छिटो, सजिलो र सुरक्षित कारोबार हुने भएपछि डिजिटल माध्यमबाट हुने कारोबारमा धेरै वृद्धि भएको हो । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कनेक्ट आईपीएस मार्फत गएको चैत महिनामा मात्रै १ खर्ब ४१ अर्ब ८ करोड रुपैयाँ कारोबार भएको छ । फागुन महिनामा कनेक्ट आईपीएसमार्फत १ खर्ब १० अर्ब रुपैयाँ मात्रै कारोबार भएको थियो ।
गएको असार महिनामा यस्तो कारोबार जम्मा ५१ अर्ब रुपैयाँ मात्रै थियो । यस्तै, चैत महिनामा मोबाइल बैंकिङका एक करोड १० लाख वटा कारोबारमार्फत ४८ अर्ब ६५ करोड रुपैयाँ कारोबार भएको छ । यो अघिल्लो महिना भन्दा १० अर्ब रुपैयाँले धरै हो । चैत महिनामै इन्टरनेट बैंकिङमार्फत तीन लाख तीन हजार वटा कारोबार हुँदा १० अर्ब २ करोड रुपैयाँ कारोबार भएको छ, जबकी फागुन महिनामा आठ अर्ब ८८ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो ।
यस्तै वालेटमार्फत हुने कारोबार पनि चैत महिनामा ११ अर्ब रुपैयाँ पुगेको छ । चैत महिनामा वालेटमार्फत एक करोड १४ लाख वटा कारोबार भएका छन् । यस्तै क्यूआर कोडमार्फत दुई अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै ई–कमर्सबाट एक अर्ब पाँच करोड रुपैयाँको कारोबार भएको छ । चैत महिनामा एटीएम मेसिनबाट ७० अर्ब ६० करोड रुपैयाँ नगद झिकिएको राष्ट्र बैंकले जनाएको छ ।