तुलसीपुर उपमहानगरपालिकाले अक्सिजन प्लान्ट जडान गर्ने भएको छ। को’रोना सं’क्र’मण भ’याव’ह बन्दै गएपछि आप’तकालीन रुपमा बुधवार बसेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो।
त्यस्तै, उपमहानगरले आइसोलेसनका लागि १०० थान अक्सिजन सिलिण्डर खरिद गर्ने र पिसिआर परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको उपमहानगरका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए। उनका अनुसार प्रत्येक वडाको स्वास्थ्य कार्यालयमा ५÷५ वटा अक्सिजन सिलिन्डर र २÷२ वटा अक्सिजन कन्सनट्रेटर व्यवस्थापन गर्ने समेत निर्णय भएको छ।
उपमहानगरपालिकाले आइसो’लेसन सञ्चालनका लागि १०२ जनाको अस्थायी दरबन्दी स्वीकृत, स्वास्थ्य सामग्री र औ’षधि व्यवस्थापनलगायत सबै काम गर्न पाँच करोड रुपैयाँको को’भिड वि’पत प्रतिकार्य कोष स्थापना गर्ने, संघ तथा प्रदेश सरकारलाई कम्तीमा १० करोडको सहयोग गर्न अनुरोध गर्ने, एम्बुलेन्स र श’ववा’हनको व्यवस्थापन गर्ने निर्णय गरेका प्रमुख पाण्डेले जानकारी दिए।
उपमहानगरमा वैशाख १ देखि २९ गतेसम्म २ हजार ९२ जनामा को’रोना भाइ’रस सं’क्रमण पुष्टि भएको छ। तीमध्ये ८९८ जना निको भएका छन्। ११ जना महिला र २२ जना पुरुष गरी ३३ जनाको मृ’त्यु भइसकेको उपमहानगरका को’भिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए। उपमहानगरमा हाल ६७० जना महिला र ८९१ जा पुरुष गरी १ हजार ५६१ जना सक्रिय सं’क्रमित छन्।