काठमाडौंमा अक्सिजन हाहाका’र भएपछि विराटनगरबाट काठमाडौंमा अक्सिजनको सिलिन्डर ल्याइएको छ । बिहीबार र शुक्रवार साँझसम्म नेपाली सेनाको ‘कासा’ एयरक्राफ्ट र ट्रकमार्फत ३ सय ५९ वटा सिलिन्डर काठमाडौं ल्याइएको हो ।
गृह मन्त्रालयको संयोजनमा सेनाको कासा एयरक्राफ्टले शुक्रवार ५९ वटा सिलिन्डर काठमाडौंमा ल्याएको छ । बिहिबार गाडीबाट २ सय ४९ वटा र एयरक्राफ्ट मार्फत ६० वटा सिलिन्डर विराटनगरबाट काठमाडौं ल्याइएको सैनिक प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए ।
काठमाडौंमा ल्याएको सिलिन्डर स्वास्थ्य मन्त्रालयमा केन्द्रित गरेर अ’स्पतालको आवश्यकताअनुसार वितरण गर्ने गरिएको छ । को’रोना सं’क्रमितको उपचा’रका लागि अमृत समान मानिएको अक्सिजन वितरणमा को’भिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले अस्पतालहरूका लागि कोटा तोकेर वितरण गरिरहेको छ ।