लुम्बिनी प्रदेशमा हालसम्म ८३१ जना स्वास्थ्यकर्मी सं’क्रमित भएका छन्। गत वर्षदेखि हालसम्म प्रदेशका १२ वटै जिल्लामा गरी यो संख्यामा चिकित्सक, नर्ससहित अ’स्पतालमा कार्यरत स्वास्थ्यकर्मी सं’क्रमित भएका हुन्। दोस्रो लहर सुरु भएपछि सं’क्रमित हुने दर बढेको छ। अहिले लुम्बिनी प्रदेशका ६ जिल्लामा १६० जना स्वास्थ्यकर्मी उपचारत रहेको प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले जनाएको छ।
अहिले बाँके र रुपन्देहीका स्वास्थ्यकर्मी बढी सं’क्रमित भएका छन्। को’भिड अ’स्पतालमा भन्दा आक’स्मिक तथा अन्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरू सं’क्रमित हुुने दर बढी देखिएको अ’स्पतालहरूले जनाएका छन्। बाँकेमा हाल ७८ स्वास्थ्यकर्मी उपचाररत छन्। यस्तै रुपन्देहीमा ६४ जना उपचाररत छन्।
लुम्बिनी प्रादेशिक अ’स्पतालमा ५० भन्दा बढी स्वास्थ्यकर्मी सं’क्रमित भएको अ’स्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए। उनका अनुसार सं’क्रमित सबैको स्वास्थ्य अवस्था सुधार भइरहेको छ। को’भिड अ’स्पतालमा भन्दा बहिरङ र आक’स्मिक कक्ष, ल्याबमा कार्यरत स्वास्थ्यकर्मीमा सं’क्रमण बढी देखिएको डा. गौतमले बताए ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कपिलवस्तुमा ७, दाङमा १, बर्दिया ७ र प्यूठानमा ३ जना स्वास्थ्यकर्मी उपचारत छन्। हालसम्म सबैभन्दा धेरै को’रोना सं’क्रमित बाँके जिल्लामा छन्। त्यहाँ २३७ जना सं’क्रमित भएका छन्। यसपछि रुपन्देहीमा १७७ र कपिलवस्तुमा ९९ जना सं’क्रमित छन्।
रोल्पा र रुकुम पूर्वमा भने १-१ जनामा मात्रै को’रोना सं’क्रमण देखा परेको छ। को’रोना सं’क्रमणकै कारण लुम्बिनी पाँचजना स्वास्थ्यकर्मीको मृ’त्यु भएको छ। बिरामीको उपचारमा रातदिन खटिने स्वास्थ्यकर्मी नै सं’क्रमित हुँदा बि’रामीको उपचार सेवा प्रभावित हुने गरेको छ।