सप्तरीमा दैनिक रुपमा को’रोना भाइ’रसका स’ङ्क्रमित बढ्दै गइरहेका बेला यहाँ भिटिएम (सङ्कलित स्वाब राख्ने भाँडो)को अभाव भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार परीक्षणको दायरा बढाउने क्रममा भिटिएम (सङ्कलित स्वाब राख्ने भाँडो)को अभाव भएको हो ।
दैनिक १८० देखि २०० सम्म स्वाब सङ्कलन गर्दै आएको जनाउँदै अहिले आवश्यकताअनुसार भिटिएम (सङ्कलित स्वाब राख्ने भाँडो) अभाव देखिएको स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले बताए । अब १०० भिटिएम मात्र बाँकी रहेको भन्दै यस विषयमा हामीले प्रादेशिक स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रलाई जानकारी गराइसकेको उनले जानकारी दिए ।
तत्काल सप्तरीका लागि करीब पाँच हजार भिटिएमको आवश्यकता रहेको स्वास्थ्य कार्यालय प्रमुख यादवको भनाइ छ । भिटिएम आउन ढिलाइ भए स्वाब सङ्कलन कार्य पनि प्रभावित हुन सकिने सम्भावना रहेको जनाउँदै रि–एजेन्ट र एन्टिजेन पनि अभाव हुने देखिएको उनले बताए ।
शुक्रबार मात्रै सप्तरीमा ४७ जना थपिएसँगै सक्रिय स’ङ्क्रमितको सङ्ख्या ७०० नाघेको छ । को’भिड–१९ स’ङ्क्रमणको दोस्रो लहरबाट वैशाख महिनाभित्रमा सप्तरीमा २० जनाले ज्या’न गु’माइसकेका छन् । त्यसमध्ये पछिल्ला तीन दिनमा मात्रै ११ जनाको को’रोना स’ङ्क्रमणबाट मृ’त्यु भएको छ ।-रासस