सरकारले आजदेखि चिनियाँ खो’प भेरोसेलको दोस्रो डोज लगाउने भएको छ । काठमाण्डौ उपत्यकाका तीनवटा जिल्लासँगै काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा दोस्रो मात्राको खो’प सञ्चालन हुने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
गएको चैत २५ देखि बैशाख १५ गतेसम्म पहिलो मात्रा भेरोसेल खो’प लगाएकाहरुलाई आजदेखि आउँदो ११ गतेसम्म दोस्रो खो’प लगाइनेछ । पहिलो मात्रा लिएका १८ देखि ५९ वर्ष उमेरका व्यक्तिले आफूले पायक पर्ने ठाउँमा गएर दोस्रो मात्राको खो’प लिन सक्ने खो’प शाखाले जनाएको छ ।
अहिलेसम्म को’रोना भाइ’रसवि’रुद्धको २५ लाख डोज खो’प लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म ३२ लाख ४८ हजार मात्रा खो’प आइसकेको र २५ लाख जनसंख्याले को’रोनावि’रुद्धको खो’प पाएका मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भारत सरकारले उपहारस्वरुप दिएको को’भिशिल्ड खो’प १० लाख डोज, भारत सरकारसँग खरिद गरिएको को’भिशिल्ड खो’प १० लाख डोज, कोभ्याक्स सुविधा अन्र्तगत ३ लाख ४८ हजार डोज र नेपाली सेनालाई प्राप्त १ लाख डोज गरी २४ लाख ४८ हजार डोज कोभिशिल्ड खो’प प्राप्त भएको र चीनबाट ८ लाख डोज भेरोसेल खो’प गरी जम्मा ३२ लाख ४८ डोज खो’प प्राप्त भएको हो । त्यसमध्ये २५ लाख डोज खो’प लगाइसकिएको छ । भारतसँग २० लाख डोज खो’प खरिद गरेको भएपनि १० लाख मात्रै आएको छ ।