एनएमबि बैंकले नेपालको डिजिटल बैंकिङका निम्ति अनलाइन केवाईसी सेवा अघि सारेको छ । यो सेवाको शुरूआतसँगै एनएमबि बैंकका ग्राहकले केवाईसी विवरण अनलाइन अपडेट गर्न सक्नेछन् ।
ग्राहकले एनएमबि डिजिटल प्लेटफर्महरू ओम्नि च्यानल-सामाजिक सञ्जाल मार्फत अनलाइन नयाँ खाता खोल्ने, खाता खोलिसकेका ग्राहकले पनि सजिलै यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा, अपडेट गर्न सक्दछन् । यस नयाँ प्रणालीको साथ, अनलाइन खाता खोल्ने क्रममा ग्राहकले एकपटक आफ्नो व्यक्तिगत पहिचान प्रमाणीकरण गर्न कुनै शाखा रोज्नुपर्नेछ, खाता सक्रिय गर्नका लागि हस्ताक्षर बाहेक कुनै पनि फारम भर्नुपर्ने छैन ।
एनएमबिले ग्राहकको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकमा नधाईकनै मुख्य बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्छन ।
हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी बैंकिङ्ग कारोवार सहज बनाउनुको साथै सवै प्रकारको म्यानुअल कामलाईृ निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ प्रदान गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङका सदस्यको नाताले वातावरणमैत्री बैंकिङप्रति प्रतिबद्धता परिपूर्ति गर्नु रहेको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।