जापानको होक्काइडो प्रिफेक्चरमा आइतबार ६.१ म्याग्नीच्यूडको भूक’म्प गएको जापानी मौसम विज्ञान विभाग (जेएमए) ले जनाएको छ । जमिनको सतहभन्दा करिब ६० किमि गहिराईमा रहेको उक्त भूक’म्प स्थानीय समय अनुसार आइतबार दिउँसो १२ बजेर २४ मिनेटमा गएको थियो । भूक’म्प त्यति शक्तिशाली नभएको भन्दै सुनामीको चेतावनी नदिइएको विभागले जनाएको छ । रासस
प्रधानमन्त्री ओलीको उपस्थितिमा सीसीएमसीको बैठक शुरु : को’रोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति (सीसीएमसी)को बैठक अहिले जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा बैठक सिंहदरबारमा जारी रहेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिए । पछिल्लो समय को’रोना सं’क्रमितको संख्या बढेसँगै विभिन्न अ’स्पतामा भएको उपकरण अभाव तथा अक्सिजनको अभाव व्यवस्थापनमा चाल्नुपर्ने कदमका विषयमा आजको बैठकले निर्णय लिने बताइएको छ ।