यही जेठ ६ गते हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा मतदानका लागि आउने मतदातालाई पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । निर्वाचन आयोगले एक सूचना जारी गर्दै बढ्दो को’रोना सं’क्रमणको जो’खिमलाई मध्यनजर गर्दै मतदानका लागि आउने मतदातालाई पछिल्लो ७२ घण्टामा पीसीआर परीक्षण गरिएको रिपोर्टसहित आउन आग्रह गरेको छ ।
साथै पोजेटिभ देखिएकाहरुलाई मतदान गर्ने व्यवस्थापन छुट्टै मिलाइएको तर, सं’क्रमण नभएकाहरुले भने पछिल्लो ७२ घण्टायताको नेगेटिभ रिपोर्टसहित मतदानस्थलमा उपस्थित हुनुपर्नेछ । आयोगले उपनिर्वाचन हुने सम्बन्धित प्रदेशको सामाजिक विकास मन्त्रालयको समन्वयमा एक एम्बुलेन्स तयारी अवस्थामा राखिने पनि जनाएको छ ।
यस्तै, मतदान गर्न आउने मतदाताले अनिवार्य रुपमा मास्क, पन्जा लगायतका स्वास्थ्य मापदण्डहरु पालना गरेको हुनुपर्ने बताएको छ । सं’क्रमित मतदाताका लागि भने स्वास्थ्यकर्मीसहितको हेल्थडेस्क राखिएको हुनेछ । जहाँ पीपीईसहित स्वास्थ्यकर्मी उपस्थित हुनेछन् ।