व्यास नगरपालिकाले औषधिजन्यबाहेक अन्य व्यवसाय बन्द गर्न जिल्ला को’भिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) लाई अनुरोध गरेको छ । नगरभित्र को’रोना भाइ’रस सं’क्रमणको दर उच्च बन्दै गएपछि पूर्णरुपमा बन्द गर्न भनेको हो ।
नगरपालिकाको आइतबारको बैठकले नगरक्षेत्र भित्र औषधिजन्य व्यवसाय बाहेकका अन्य सम्पूर्ण व्यवसायहरु केही दिनका लागि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो । को’भिड–१९ नियन्त्रण सम्बन्धी समीक्षा बैठकले कोभिड–१९ का बि’रामीको मृ’त्यु हुनेक्रम बढी रहेकाले संस्कार अनुसार मृ’तकको व्यवस्थापन गर्न व्यवस्थापन केन्द्रको सहयोग लिई स्थानीय टोल संस्थासँग समेत सहयोगका लागि अनुरोध गर्ने निर्णय गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।
नगरका सबै शैक्षिक संस्थाको पढाइ, परीक्षा, ट्युसन कक्षा अर्को व्यवस्था नहुँदासम्मका लागि बन्द गरिने न्यौपानेले बताए । ‘वडा १२ का घरमा बस्ने वातावरण नभएका सं’क्रमितलाई सुरक्षित रुपमा राख्न छिर्कनेस्थित वन कार्यालय भवनलाई उपयोगमा ल्याउने तयारी गरिएको छ’, उनले भने, ‘उक्त भवन उपलब्ध गराइदिन बैठकले डिभिजन वन कार्यालयसँग अनुरोध गरेको छ ।’
नगरभित्रका कतिपय रुघा, खोकी तथा ज्वरोका बि’रामी पीसीआर परीक्षणका लागि आउन आनाकानी गरेको भन्ने गुनासो आएकाले सम्पूर्ण टोल विकास संस्थालाई परिचालन गरी आफ्नो टोल छिमेकमा त्यस्ता प्रकृतिका बि’रामी देखिएमा तुरुन्त नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गरी पीसीआर परीक्षण गर्न गराउन सम्बन्धित वडा अध्यक्षलाई आवश्यक समन्वय तथा सहयोग गर्न अनुरोध गरिएको छ ।
नगरपालिकाले वडा २ स्थित कृषि विकास बैंकको पुरानो भवनमा सञ्चालनमा ल्याएको सामुदायिक आइसोलेसन केन्द्रलाई सम्पूर्ण सुरक्षा व्यवस्था मिलाई आइतबारबाट सञ्चालन गर्ने र जटिल बि’रामीलाई थप उपचारका लागि अन्य को’भिड सम्बन्धी अ’स्पतालसँग समन्वय गरी पठाउने न्यौपानेले बताए ।
नगरपालिकाको मूल कार्यालय र वडा कार्यालयद्वारा प्रवाह हुँदै आएका नियमित सरसफाई, वारुणयन्त्र र स्वास्थ्य सम्बन्धी सेवाहरु बाहेकका अन्य सम्पूर्ण सेवाहरु जेठ १० गतेसम्म बन्द गर्ने बैठकले निर्णय गरेको छ ।