तुलसीपुर उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट तथा को’रोना मेट्रो ह’स्पिटलको व्यवस्थापनका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन्।
आइतबार तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा उपमहानगरलाई साढे तीन लाख रुपैयाँ सहयोग गरिएको छ। संघका महासचिव बिनिल केसीले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई ३ लाख ५४ हजार ६६० रुपैयाँ हस्तान्त्ररण गरेका छन्। को’भिड विपद् कोषको सहजकर्ता बिमल रिजालको पहलमा उक्त रकम सकंलन भएको हो।
वाणिज्य सघंले १ लाख ५१ हजार, रोटरी क्लब अफ तुलसीपुर सिटीले ६२ हजार ३००, रोट्रयाक्ट क्लब अफ तुलसीपुरले ६५ हजार ३६०, लायन्स क्लब अफ दाङको तर्फबाट ५१ हजार, तुलसीपुर ट्रेक्टर समितिको तर्फबाट २५ हजार रुपैयाँ प्राप्त भएको सघंका कोषाध्यक्ष देबबहादुर केसीले जानकारी दिए।
त्यस्तै, तुलसीपुर–९ का डाँगी परिवारले ५० हजार रुपैयाँ गरेको डाँगी परिवारका सदस्य टोपबहादुर डाँगीले जानकारी दिए। तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष ललितजंग शाहले ११ हजार रुपैया विपद् कोषमा सहयोग गरेका छन्। तुलसीपुर–१८ स्थायी ठेगाना भइ हाल जर्मनीमा बस्दै आएका डा. विदुर भट्टराई एक लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन्।
हेमन्तपुरमा बस्दै आएका उनका बुवा दीलिप भट्टराई र आमा लक्ष्मी भट्टराईले उक्त रकम वडा नम्बर १८ का वडाध्यक्ष माधव वलीलाई हस्तान्त्ररण गरेका थिए। विपद् कोषका लागि रकम उठ्ने क्रम जारी रहेको संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए। उनले विपद्को घडीमा सबैले सहयोग गर्नुपर्ने बताउँदै सहयोग गर्न अपिल समेत गरेका छन्।