को’रोनाको कहरकाबीच पनि म्याग्दीमा विकास निर्माणका कामले भने तीब्रता पाएका छन् । म्याग्दीको पूर्वाधार विकास आयोजनालाई को’रोना म’हामा’री र निषेधाज्ञाको अ’सर पर्न दिइएको छैन । निषेधाज्ञा भएका क्षेत्रमा पनि विकास आयोजना निर्माणको काम धमाधम भइरहेका छन् । निर्माण सामग्री, उपकरणको व्यवस्थापन गरी सतर्कता अपनाएर विकास आयोजनाको कामलाई निरन्तरता दिइएको निर्माण व्यवसायीहरुले बताएका छन् ।
पश्चिम म्याग्दीको बाबियाचौरदेखि अर्मन नेटा जोड्ने पक्की पुलको निर्माण कार्य पनि धमाधम भैरहेको छ । लुम्बिनी प्राकृतिक जेभिले रु ११ करोडमा ठेक्का लिएको यो पुलको भौतिक प्रगति ८० प्रतिशत रहेको र असार मसान्तसम्म पुरा गर्ने लक्ष रहेको सब इन्जिनियर सविनकुमार शाक्यले जानकारी गराउनुभयो ।