महिना दिन अघि सम्म छोइनसक्नु थियो हरियो तरकारीको मुल्य । एक महिनाको अवधिमा काठमाडौंमा हरियो तरकारी ८१ प्रतिशतले सस्तिएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार गत १ बैशाखमा तीतेकरेलाको थोक मुल्य प्रति केजी ८० रुपैयाँ थियो ।
तर, ३० बैशाखमा तीते करेलाको मुल्य प्रतिकेजी १५ रुपैयाँ रहेको छ । प्रतिशतमा हिसाब गर्ने हो भने तीते करेला ८१.२५ प्रतिशतले सस्तिएको छ । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले को’रोना सं’क्रमणको दोस्रो लहर रोकथाम तथा नियन्त्रण गर्न सरकारले गत १६ गतेदेखी निषेज्ञाधा गरेपछि बजारमा हरियो तरकारीको माग घटेको छ ।
अहिले स्वदेशी तरकारी उत्पादनको सिजन भएकाले उत्पादन बढी भएको र माग कम भएकाले हरियो तरकारीको मुल्य घटेको श्रेष्ठले बताए । काठमाडौँमा तरकारी खाने मान्छे घटेकाले तरकारीको मुल्यसस्तो भएको श्रेष्ठको भनाइ छ । ‘अहिले चितवन, धादिङ्ग लगायत विभिन्न जिल्लामा उत्पादन भएको तरकारी आइरहेको छ, ।
विगतका वर्षको तुलनामा सिजनमा स्वदेशी उत्पादन पनि बढेको छ ।’ उनले भने ‘बजारमा आउने अहिलेको हरियो तरकारी अधिकांश स्वदेशी उत्पादन हो ।’ अहिले ६५ प्रतिशत हरियो तरकारी स्वदेशमै उत्पादन हुन्छ भने ३५ प्रतिशत भारतबाट आउँछ, ।
पछिल्लो एक महिनाको मूल्य सूची हेर्ने हो भने बैशाख १ मा ३ घ्यु सिम सिमी लोकल प्रतिकेजी थोक मुल्य १ सय १० रुपैयाँमा कारोबार भएको थियो भने ३० गते प्रतिकेजी ४० रुपैयाँमा कारोबार भएको छ । घिरौला प्रतिकेजी ७० थियो भने अहिले प्रतिकेजी ३५ रुपैयाँ पुगेको छ । यस्तै परवर प्रतिकेजी ९० रुपैयाँ थियो भने अहिले प्रतिकेजी ४५ रुपैयाँ पुगेको छ ।