डोटीमा जारी निषेधाज्ञामा थप क’डाइ गरिएको छ । निषेधाज्ञाकाबीच मानिसहरु बिना काम सडक बजारमा डुल्ने र सवारी गुडाउने गर्न थालसँगै प्र’हरीले कडाइका साथ निषेधाज्ञाको पालन गराउन सुरु गरेको हो । निषेधाज्ञाको उ’ल्लङ्घन गरी सडक तथा बजार क्षेत्रमा डुल्ने व्यक्तिहरुलाई प्र’हरीले सडकमा उभ्याएर कार’बाही गर्न थालेको छ ।
जिल्लामा को’रोनाको सं’क्रमण तिब्र गतिमा फै’लिरहेको र त्यसलाई नियन्त्रण गर्न स्थानीय सरकारको समन्वयमा गाउँगाउँमा समेत ग्रामिण गस्ती परिचालन गरिएको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ । प्र’हरीले भारत लगायत अन्य मुलुकबाट आएर होम क्वारेन्टाइनमा बसेका मानिसहरुको पनि निगरानी राखेको छ ।
होम आइसो’लेसनमा बस्न भनेकाहरुले स्वास्थ्य मापदण्ड पालना नगरि गाउँमा हुने विवाह व्रतबन्धमा सहभागी हुने जाँ’डरक्सि सेवन गरेर गाउँपसमा डुल्ने गरेको पाइएपछि प्र’हरीले त्यस्ता व्यक्तिको निगरानी राखिरहेको र कार’बाही अगाडी बढाएको जनाएको छ । डोटीमा सुरुका केही दिन लकडाउन खुकुलो गरिएपनि सं’क्रमण र मृ’त्यु दर बढ्दै गएपछि बिस्तारै कडा बनाउँदै लगिएको छ ।