कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले अ’स्पताललाई अक्सिजन सहयोग गरेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष समेत रहेका उनले बीपी कोइराला मेमोरियल क्या’न्सर अ’स्पतालमा सञ्चालित १ सय ४० शैयाको को’भिड अ’स्पताललाई ५० थान अक्सिजन दिएका हुन् ।
‘अक्सिजनको अभावमा कसैले ज्या’न गु’माउनु नपरोस् भनेर अ’स्पताललाई सहयोग गरेको हो’ धुर्मुसले भने ‘देशमा देखिएको अक्सिजनको अभावलाई मध्यनजर गर्दै बर्दिवासमा अक्सिजन प्लाट स्थापना गर्ने योजना समेत छ ।’ उनले सं’क्रमितलाई आत्मबल बढाउन, ड’र र त्रा’सबाट वि’चलित नहुन आग्रह समेत गरेका छन् ।
फाउन्डेसनले म’हामा’रीबाट पी’डित भएकाहरूको राहत र उ’द्धारका लागि आक’स्मिक हेल्प कक्ष स्थापना गरेर एम्बुलेन्स, र’क्तदान लगायतका सेवा दिँदै आएको छ । हालसम्म हेल्प डेस्कबाट ८ सयभन्दा बढी व्यक्तिलाई सेवा
दिइसकेको र भरतपुर अ’स्पताललाई स्वास्थ्य सामाग्रीहरु पनि हस्तान्तरण गरिएको धुर्मुसले सामाजिक संजालबाट जानकारी दिएका छन् । पछिल्लो समय भरतपुर चितवनमा अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा लागि गरेका धुर्मसले केही अगाडि फिल्म ‘सेन्टी भाइरस’ बनाएका थिए । अहिले फेरि एक फिल्म निर्माणको होमवर्कमा पनि छन् ।