लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर भू’कम्प गएको छ । राष्ट्रिय भू’कम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भू’कम्प गएको हो । भू’कम्प ५.८ रेक्टर स्केलको भएको केन्द्रका भू’कम्पविद् डा लोकविजय अधिकारीले जानकारी दिए ।
भू’कम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भू’कम्पको क्षतिबारे जानकारी प्राप्त भइसकेको छैन । भू’कम्पको पराकम्पले ढुंगा माटोको केही घर चर्किएको छ भने स्थानियहरु घरबाहिर सडकमै निस्किएका थिए । केही सर्वसाधरण घा’इते भएका थिए । थप विवरण अाउन बाँकी छ ।