अमेरिकाका (पूर्व)राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनी ट्रम्प अर्गनाइजेसनमाथि वित्तीय अप’राध गरेको आ’रोपमा अनुसन्धान सुरु भएको छ। मंगलबार न्युयोर्क महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रपति ट्रम्पको कम्पनीमाथि अनुसन्धान सुरु गरिएको जानकारी दिएको हो। महान्यायाधिवक्ता लेटिसिया जेम्सले ट्रम्पको कम्पनीमाथि अनुसन्धान अघि बढाएकी छन्।
ट्रम्प अर्गनाइजेसनले अधिक कर्जा प्राप्त गर्न र कर छली गर्न सम्पत्तिको गलत मूल्यांकन पेस गरेको आ’रोप लागेको छ। ‘हामीले ट्रम्प अर्गनाइजेसनवि’रुद्ध अनुसन्धान गर्ने जानकारी सम्बन्धित कम्पनीलाई पनि गराइसकेका छौँ,’ महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता फेबियन लेभीले भने, ‘हामीले ट्रम्प अर्गनाइजेसनका आ’पराधिक क्रियाकलापवि’रुद्ध सक्रियताका साथ अनुसन्धान गरिरहेका छौँ।’
यस विषयमा ट्रम्प अर्गनाइजेसनले आधिकारिक रूपमा भने कुनै प्रतिक्रिया दिएको छैन। तर ट्रम्पले आफ्नो कम्पनीवि’रुद्ध राजनीतिक जालसाजी साँध्न खोजिएको आ’रोप लगाएका छन्। अमेरिकी राष्ट्रपतिका लागि भएको गत निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनसँग पराजित भएका थिए।